काठमाडौं। हिमालय एयरलाइन्सले शनिबार काठमाडौं–सांघाई–काठमाडौं उडान उद्घाटन गरेको छ। यो सेवा विस्तारलाई एयरलाइन्सले नेपाल र चीनबीचको कनेक्टिभिटी बढाउने र द्विपक्षीय सम्बन्धलाई प्रवर्द्धन गर्ने प्रतिबद्धताका रुपमा लिएको बताएको छ। पहिलो आउटबाउन्ड उडान, एच९ ७८० त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट स्थानीय समय अनुसार बिहान ९ः५० मा प्रस्थान गरेको थियो र सांघाइकोे सांघाई पुडोङ्ग अन्तर्राष्ट्रिय विमानस्थलमा स्थानीय समय अनुसार साँझकोे…