काठमाडौँ। डोरीको सहायताले भिर तथा चट्टानमा खेलिने साहसिक खेल रक क्लाइम्बिङलाई प्रोत्साहन गर्न अन्तर्राष्ट्रियस्तरको स्कुल स्थापनाका लागि स्याङ्जामा पहल सुरु भएको छ । त्यसका लागि पुतलीबजार नगरपालिका-१२ पेल्काचौरमा रहेको ओल पहरो छनोट गरिएको छ । नागार्जुन वन, नगरकोट, नाम्चेबजा, मनाङजस्ता केही सीमित ठाउँमा मात्रै गर्न सकिने रक क्लाइम्बिङ स्याङ्जाको पेल्काचौरमा गर्न सकिने अनुसन्धानबाट खुलेको छ…