१५ चैत्र २०८०, बिहिबार | Thu Mar 28 2024

आहा ! रुबिभ्याली (फोटोफिचर)



  • अर्जुन पाख्रिन

काठमाडौं । ‘पहिले देश अनि विदेश’ ।

सरकारले भ्रमण वर्षअघि नै घोषणा गरिएको यो राष्ट्रिय नारा हो । तर, दुर्भाग्य भ्रमण वर्ष २०२० सफल हुन सकेन । कोरोना भाइरसका कारण भ्रमण वर्ष स्थगित मात्रै भएन, देशकै अर्थतन्त्रको मेरुदण्डको रुपमा रहेको पर्यटन उद्योगमा ठूलो धक्का लाग्यो ।

अब, नेपालको पर्यटन क्षेत्र कसरी लयमा फर्काउन सकिएला भनि रहेको सन्दर्भमा गणेश हिमाल पर्यटन विकास समितिले पहिलो अभियान सुरु गरिएको छ । समितिले धादिङ जिल्लाको गणेश हिमाल र रुबिभ्यालीको पर्यटकीय गन्तव्य प्रवद्र्धनका लागि ‘रुबिभ्याली फार्म ट्रिप’ गरिएको छ ।

नेपाल पर्यटन बोर्डले प्रवद्र्धन गरेको यो फार्म ट्रिपमा नेपाल पर्वतारोहण संघ, टान, भिटोफ, जिटिन लगाएको संघसंस्थाले सहकार्य गरेको थियो ।

संघिय राजधानी काठमाडौंबाट दुई दिनको यात्रामा पुग्न सकिने रुबिभ्यालीको प्रवद्र्धनका लागि पहिलो पटक राष्ट्रिय सञ्चार गृहका पत्रकार, पर्यटन सरोकारवाला संघ संस्थाका प्रतिनिधि सहित ३३ जनाको टिम सहभागी भएको समितिका अध्यक्ष तेज बहादुर गुरुङले जानकारी दिए ।

‘रुबिभ्याली आफैमा पर्यटकीय गन्तव्य हो । यहाँको प्राकृतिक सुन्दरता, गशेण हिमालको श्रृंखला आफैमा पर्यटक लोभ्याउने दृश्य हो,’गणेश हिमाल विकास समितिका अध्यक्ष गुरुङले भने,‘यहाँ तामाङ, गुरुङ र घले जातिको कला संस्कृति अर्को विशेषता हो । यहाँको पाईने रुबिदेखि जडिबुटि आफैमा अर्को अध्ययन अनुसन्धानको पाटो हो ।’

देश चिनाउने अभियानमा पर्यटकीय गाउँको प्रवद्र्धन गर्नु आजको आवश्यकता रहेको उनले बताए ।

उनका अनुसार यसक्षेत्रमा रेडपाण्डा, कालो र सेतो कुण्ड, गणेश कुण्ड, विभिन्न प्रजातिका लालीगुराँसका दृश्यावलोकन हेर्न सकिनेछ ।
दुर्लभ बहुमूल्य पत्थर रुबी पाइने भएकाले यहाँको नाम पनि रुबिभ्याली नामकरण गरिएको नेपाल पर्वतारोहण संघका महासचिव कुल बहादुर गुरुङले जानकारी दिए ।

सो फार्म ट्रिपमा रसुवाको स्याफ्रुवेसी हुँदै सोमदाङमा पहिलो बसाई थियो । यसपछि पाङसाङ पास हुँदै तिप्लीङको रुट तय भएको थियो । तिप्लीङपछि चालिस गुरुङ गाउँ पुगिएको थियो । यसबाट बोराङ भएर धादिङबेसिहुँदै काठमाडौं फर्किएको थियो ।

प्रकाशित मिति : २६ मंसिर २०७७, शुक्रबार ००:००  १० : १० बजे