१५ चैत्र २०८०, बिहिबार | Thu Mar 28 2024

विश्वकै पर्यटकीय गन्तव्य शैलुङ अझै ओझेलमा : विद्यासागर योञ्जन



बागमती प्रदेश रामेछाप र दोल्खा जिल्लाको सँगम स्थलमा रहेको शैलुङको महत्वलाई बुझ्न नसक्नु र कस्तुरिले आफु सँग भएको बिणाको सुगन्ध थाहा नपाउनु एउटै कुरा हो |

शैलुङ विश्वको आकर्शित स्थलमा एक नम्बरमा पर्दछ | जीवनमा एक पटक यस स्थानमा नपुगेमा जीवन अधिरो नै रहनेछ | यो मनमोहक सुन्दर रमनीय प्राकृतिक सौन्दर्यले परीपूर्ण इश्वर कै बर्दानको रुपमा रहेको शैलुङको जती बयान गरे तापनी कमी नै हुनेछ |
यो स्थान काठमाडौं बाट धेरै टाढा नपर्ने रामेछाप र चरिकोट जिल्लाको सिमानमा पर्दछ |

१२ हजार फीटको उचाइमा रहेको शैलुङमा Winter मा चार देखी पाँच महिन हिऊ ( Snow ) नै रहेको हुन्छ | शैलुङको तुप्पोमा पुग्दा खेरी सधैं यसैमा रमी रहौ जस्तो महसुस हुन्छ र सारा दुनियाँ बिर्साइ दिन्छ | यसलाई छेक्ने अरु कुनै पनि पहाड नभकाले चारैतिर प्रस्ट देखिने र आकाशमा नै स्पर्श गरी रहेको महसुस हुन्छ | यस स्थानबाट सबै हिम श्रीङ्खला, महाभारत पर्वत श्रीङ्खला , काठमाडौंको थानकोट डाँडा, काभ्रे, चरिकोट र रामेछापको अधिकाङ्सा भुभाग स्पस्ट सँग देखिन्छन् | गौरि शंकर हिँम श्रीङ्खलाको त काखैमा रहेको अभास हुन्छ | यहाँ जानको लागि October देखी April महिना सम्मा राम्रो हुन्छ |

सबै भन्दा राम्रो October देखी January उपर्युक्त हुनेछ किनकी क्लिएर देखिने, हावा कम र हिँम समेत खेल्न पाईन्छ | १२ महिना नै जान सक्ने भए तापनी बर्षातमा कुहिरोले ढाक्ने चारै तिरको दृश्य स्पस्ट नदेख्न पनि सक्छन | माघ महिना देखी जेष्ठ सम्मा गुराँस र चमेली जंगल भरी फूलि रहेको देख्न सकिन्छ | चौरी गाई र चौरिका दुधबाट बनेका बिभिन्न प्रकारका स्वादिस्ट खानाको परिकार समेत खान पाईन्छ अहिले बि पि राजामार्गले गर्दा यातायातको सुबिधा पनि पहेलेको भन्दा धेरै सहज भएको छ |

आजकाल कलाकारहरु पनि फिल्म निर्माणको लागि शैलुङ्मा गएका देखिन्छन् | जीवनमा एक पटक पुग्नै पर्ने ठाउँ हो र यदी जानु भयो भने मैले बयान गरेको भन्दा बढी नै पाउनेछन किनकी बिस्वका बिकसित देशका धेरै पर्यटकीय स्थल भ्रमण गरे तर शैलुङ जस्तो मनमोहक स्थान मैले पाउन सकेन |

यस क्षेत्रका भिजन बिनाको राजनेताहरुका आँखामा बिकासको प्राथमिकता भित्र नपरेर नेपालका हजारौं युबाहरु रोजगारी र आम्दनिको खोजिमा बिदेशिनु वाध्य भएकाछन | देशमा बहुदलको आगमन सँगै ४९ सालको नेपाली काङ्रेसको सरकार आए पछी शैलुङ सम्मा जाने सडक निर्माणको लागि राष्ट्रिय योजनमा पार्ने प्रयास गरे कै हो | तत्कालिन अर्थ मन्त्रिलाई भनेर बजेट बिनियोजन गर्न लगाएर ४९ सालमा मेरो नेत्रित्वमा मुडे शैलुङ बाटो खन्ने कार्य थालानी भएको थियो | शैलुङको महत्वलाई बुझेर निरन्तर रुपमा कार्य गर्न यस क्षेत्रका राजनेताहरुको दृष्‍टिमा नपरेकाले शैलुङ ओझेलमा परेको देखिन्छ |

सरकारी क्षेत्रबाट उपेक्षित रहे तापनी निजी क्षेत्रबाट शैलुङ रिगसुम गोम्पो सेवा समाजको अग्रसरतामा अवतारि धर्म गुरु लोपसाङ नाम्गेल लामाको संरक्षक्त्वमा ५3 फीट अग्लो छोर्तेन ( बोधिचैत्य ) निर्माणधिन अवस्थामा रहेको छ | यस स्थानमा गुरु पदमा संभबले तपस्य गर्नु भएकोले बिस्व भरिका बौद्ध पर्यटकहरुका भ्रमणको प्राथमिकतामा समेत पर्ने देखिन्छ | यहाँ बर्षमा दुई पटक ठूलो मेला लाग्ने गरेकाछन भने शैलुङ धार्मिक हिसाबले पनि उतिकै महत्व रहेको छ |

हिउदामा Ice sketing पनि सन्चालन गर्न सकिनेछ | शैलुङको अली कती बिकास र प्रचार भएमा लाखौं पर्यटक वार्षिक रुपमा शैलुङको भ्रमणमा जाने निस्चित छन र जसबाट हाजरौले रोजगारी पाउने र देशले ठूलो मात्रमा बैदेशिक मुद्रा आर्जन गर्न सक्नेछन | ब्यापक प्रचार प्रसार गरी पर्यटकीय सुबिधामा बिकास गर्न जरुरी देखिन्छ | यस स्थानमा पार्क र खाने पानीको ब्यबस्था गर्न सकेमा र दोरम्बा २ बाट शैलुङको शिर सम्मा निजी या सरकारको तर्फबाट केबुल कार सन्चालन गर्न सकेमा विश्व भरिका पर्यटकको भ्रमणको केन्द्र पर्न सक्ने र देशकै ठूलो आम्दनिको श्रोत बन्न सक्नेछन | युवा जनशक्तीले बिदेशिनु नपर्ने शैलुङ्मा नै डलर फलाउन सक्ने छन् |

उहाँको फेसबुकबाट साभार गरिएको ।

प्रकाशित मिति : २८ मंसिर २०७७, आइतबार ००:००  ९ : ३३ बजे