१६ चैत्र २०८०, शुक्रबार | Fri Mar 29 2024

रुबीभ्यालीको चालिस गाउँ: गणेश हिमालकै अध्यक्ष मारुनी भएर नाचेपछि (फोटो/भिडियो)



काठमाडौं । चालिस गाउँ अर्थात गुरुङ गाउँ ।

धादिङ जिल्लाको रुबीभ्याली गाउँपालिकाभित्र पर्ने ठाउँ हो, ‘चालिस गाउँ’। प्राकृतिक सुन्दरताले उत्तिकै सुन्दर छ। गाउँबाटै देखिन्छ, गणेश हिमाल।

बिहानी घामको झुल्को, त्यही गशेण हिमालमा देखिन्छ । अनि न्यानोपनको आभास आफैमा सुरु हुन्छ । गुरुङ जातिको ४० घर यस ठाउँमा भएपछि चालिस नाम रहन गएको यहाँका स्थानीयहरु बताउँछन् ।

चालिसभित्रको कला संस्कृति, आफ्नै भाषा, मौलिक पहिरनले झन सुन्दर बनाएको छ, चालिस गाउँ । यही सुन्दरता हेर्नका लागि पुग्छन, स्वदेशी अनि विदेशी ।

यो गाउँलाई अन्तराष्ट्रिय पर्यटन क्षेत्रमा चिनाउने पर्यटन व्यवसायीहरु थुप्रै छन् । जो यही चालिस गाउँमा जन्मिए, हुर्किए र चालिसलाई विश्वभर चिनाउने अभियानमा उनीहरु अझै लागिरहेकाछन् ।

यहाँको रोधी आफैमा पर्यटकका लागि नयाँ अविस्मरणीय याद बन्ने छ । यति मात्रै होइन, अझ यहाँको मारुनी नाच विशेष हुनेछ । गतहप्ताको यात्रा यस्तै रह्यो ।

गणेश हिमाल पर्यटन विकास समितिले आयोजना गरिएको रुबीभ्याली फाम ट्रिपमा यस्तै कला र संस्कृतिले भरिएको चालिस गाउँमा अमुर्त बिम्वहरु हेर्न अवसर जुर्यो । समितिकै अध्यक्ष तेज गुरुङ (फुर्सिङ) मारुनी पहिरीएका थिए । उनीसँगै अर्का दुई जना मारुनीको नाच उस्तै हेरीरहु थियो । फेरी पुग्नेछु…………….चालिस गाउँ । छ्याजोलो ।

प्रकाशित मिति : ३० मंसिर २०७७, मंगलबार ००:००  ८ : ५४ बजे