६ बैशाख २०८१, बिहिबार | Thu Apr 18 2024

पर्यटन क्षेत्रलाई पुर्नजीवन दिन टानका अध्यक्ष खुम सुवेदीको ९ सुत्र



१) ​७२ (बहत्तर) घण्टाको पीसीआर नेगेटिभ रिपोर्ट लिएर आउने विदेशी पर्यटकहरुका हकमा ५ (पाँच) दिनसम्म अनिबार्य क्वारेण्टाइनमा बस्नपर्ने प्रावधान हटाउनुपर्ने ।
२)​अनलाइन र अराइभल भीषा तथा विदेशस्थित नेपाली दूतावास वा नियोगहरुबाट भीषाको ब्यवस्था पूर्ववत् रुपले गराउनुपर्ने ।
३)​त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा कोभिड जाँच मेशिन राख्ने वा तोकिएको सवास्थ निकायबाट नमुना सन्कलन गर्ने ।
४)हालसम्म खुल्न बाँकी रहेका अन्तर्राष्ट्रिय हवाई उडानहरु यथाशीघ्र खोल्न पहल गर्नुपर्ने ।
५)​कोरोना विरुद्धको भ्याक्सिन प्राथमिकताका साथ अग्रपन्ति रहि काम गर्ने पर्यटन ब्यवसायी र पर्यटन श्रमिकहरुलाई उपलब्ध गराउनुपर्ने ।
६)​नेपाल र चीनबीचको सीमा नाकाहरु यथाशीघ्र खोल्न पहल गर्नुपर्ने ।
७)​नेपाल घुम्न आउने पर्यटकहरुले कम्पनीबाट अनिबार्य पदयात्रा गाइड तथा पदयात्रा सहयोगी लिएरमात्र 3000m. Bhanda mathi ko भ्रमण गर्न–गराउन पाउनु पर्ने ब्यवस्था गर्नुपर्ने ।
८)नेपाल–भारतका र नेपाल-चीन सीमानाहरुबाट भित्रिने पर्यटकहरुलाई सरकार तथा सम्बन्धित निकायबाट अबिलम्ब खुल्ला गरि अनुगमन गर्नुपर्ने ।
९)कोरोना विरुद्धको भ्याक्सिन पुरा मात्रा लगाई आएका पर्यटकलाई सहज र निर्बाध रुपमा घुम्न दिनुपर्ने ।

प्रकाशित मिति : २६ फाल्गुन २०७७, बुधबार ००:००  ९ : ४४ बजे