७ बैशाख २०८१, शुक्रबार | Fri Apr 19 2024

धादिङको तिप्लिङ गाउँबाट देखिने रुबीभ्यालीको सुन्दरता (फोटो फिचर)



  • निमा दावा घले

काठमाडौं । नेपालको पर्यटकीय गन्तव्यहरुमध्ये रुबीभ्याली आम पर्यटकको आकर्षक गन्तव्यको रुपमा पर्दछ । यहाँबाट देखिने गणेश हिमालको श्रृखला, प्राकृतिक सौन्दर्यताको दृश्य अनि यहाँ पाइने जडिबुटिले आम आगन्तुकको मनै लोभ्याउँछ ।

यहाँमाथि स्थानीयको कला संस्कृति र अतिथि सत्कारले झनै लोभ्याउँछ । यस क्षेत्रको सेर्तुङ, तिल्पिङ, वाराङ, चालिस गाउँको आफ्नै विशेषता र मौलिकता छ । यहाँको अर्गानिक खााना सबैको रोजाइमा पर्छ । पछिल्लो समय रुबीभ्याली स्वदेशी र विदेशी पर्यटकको लागि मुख्य गन्तव्यको रुपमा विकास हुँदै गइरहेको छ ।

पर्यटन क्षेत्रमा यहाँका स्थानीयहरु सक्रिय भएर लागेका छन् । स्थानीय तहमा क्लव र आमा समूह स्थापना गर्नेदेखि टान, ट्रेकिङ गाइड हुँदै नेपाल पर्वतारोहण संघ हुँदै अन्तर्राष्ट्रिय पर्यटन संघ संस्थामा समेत आबद्ध रहेका छन् ।

यहाँको तामाङ संस्कृति, गुरुङ पहिचान र घलेहरुको आफ्नै मौलिकताले भरिएको रुबीभ्याली प्राकृतिक रुपमा पनि उत्तिकै अब्बल रहको छ । यहाँको मुख्य भ्यु प्वाइन्टको रुपमा रहेको पाङसाङ पासबाट चौतर्फि नियाल्नु र फोटो भिडियो कैद गर्नु अर्को सुनौलो अवसर पनि हो ।

प्रकाशित मिति : १८ चैत्र २०७७, बुधबार ००:००  १० : १६ बजे