७ बैशाख २०८१, शुक्रबार | Fri Apr 19 2024

पर्यटन व्यवसायी छेटुप लामाद्धारा मृगौला पीडित लाल कुमारलाई २० हजार सहयोग



काठमाडौं । वरिष्ठ पर्यटन व्यवसायी छेटुप लामाले मृगौला पीडित लाल कुमार तामाङलाई २० हजार रुपैँया सहयोग गरेका छन् ।

उनले आफ्नो जन्मदिनको अवसरमा काभ्रे, तेमाल गाउँपालिका ४, बोल्देका मृगौला पिडितलाई सो रकम वितरण गरेका हुन् ।

निटको उपाध्यक्ष्य, तामाङ रिमठिम पर्यटन संजालको महासचिव समेत रहेका लामाले उनकी श्रीमती कुमारी घले मोक्तान, छोरी प्रकृति र प्रस्तुति तामाङको हातबाट सो रकम हस्तान्तरण गर्ने बताए ।

किवानिस क्लब अफ सुनकोशीका अध्यक्ष समेत रहेका लामा सफल पर्यटन व्यवसायीका साथै समाजसेवी समेत हुन् ।

प्रकाशित मिति : २६ चैत्र २०७७, बिहिबार ००:००  ११ : १० बजे