१५ चैत्र २०८०, बिहिबार | Fri Mar 29 2024

एउटै परिवारका तीन दिदीबहिनीले हिमाल आरोहण गर्दै



काठमाडौं । सञ्चार तथा सूचना प्रविधिमन्त्री पार्वत गुरुङले हिमाल आरोही टोलीलाई विदाई गर्नुभएको छ । ‘थ्रि सिष्टर अन सेभेन समिट अभियान’ की टोलीलाई मन्त्रालयद्धारा बिहीबार आयोजित कार्यक्रममा मन्त्री गुरुङले नेपालको झण्डा हस्तान्तरण गरेर विदाई गर्नुभयो ।

दोलखा, गौरीशंकर गाउँपालिका–९ बेदीङका एउटै परिवारका तीन दिदीबहिनी निमा जाङबु शेर्पा (३० वर्ष), छिरिङ नाम्गे शेर्पा (२६ वर्ष) र दावा फुटी शेर्पा (२४ वर्ष) ले शुक्रवारदेखि सातै महादेशका अग्ला शिखर आरोहण अभियानमा लागेकी छिन् ।

आरोहण दलका टोली नेता दावा फुुटीले ३ वर्षभित्रमा सातैवटा महादेशको अग्लो शिखर आरोहण गर्ने जनाएको छ ।

प्रकाशित मिति : २ बैशाख २०७८, बिहिबार ००:००  ८ : २२ बजे