७ बैशाख २०८१, शुक्रबार | Fri Apr 19 2024

वैशाख ११ देखि ‘प्रथम सिङला महोत्सव २०७८’ भव्य रुपमा हुँदै



काठमाडौं । धार्मिक तथा प्राकृतिक पर्यटकीय स्थल सिङलामा ‘प्रथम सिङला महोत्सव २०७८’ हुने भएको छ । सिङ्ला पर्यटन क्षेत्र विकास समाज धादिङले यहि बैशाख ११ गते देखि १६ गतेसम्म महोत्सव गर्न लागेको हो ।

४ हजार २०० मिटरको उचाईमा रहेको धादिङ, नुवाकोट र रसुवाको संगम स्थल सिङला आफैमा पर्यटकीय स्थल हो ।

प्राकृतिक सुन्दरताले भरिपूर्ण यस ऐतिहासिक स्थल सिङ्ला पुग्न नुवाकोटबाट भाल्चे, रसुवाबाट घत्लाङ र धादिङबाट रुबीभ्यालीको बोराङ, आवई, सेर्तुङको बाटो प्रयोग गर्न सकिने महोत्सव आयोजक समितिका संयोजक निदेश तामाङ बताउँछन् । यी बाटोहरु प्रयोग गर्दै गर्दा धादिङबाट पैदल, घोडा, म्याराथुन रुटहरु प्रयोग गर्न सकिन्छ ।

महोत्सवको मुख्य आकर्षणहरु:

महोत्सवको मुख्य आकर्षणमा म्हेन्दोमाया प्रतियोगिता, तामाङ, घले र गुरुङ जातिको पुराना कला संस्कृतिको प्रदर्शन, हरेक दिन म्हेन्दोमाया, साईखोले, मानेनाँच, पारुनाँच तथा लामानाँच, झाँक्री नाँच, गुरुङ जातीको रोधी, घाटु र मारुनीनाँच, म्याराथुन रेस, रुबी लगायतका विभिन्न खनिज जन्य बुहुमुल्य पदार्थ, विभिन्न प्रकारका जडिबुटीहरु रहेका छन् ।

महोत्सवलाई व्यवस्थित बनाउन ५०० भन्दा बढी स्वयम् सेवक परिचालन गरिने आयोजकले जनाएको छ ।

सामुहिक मेस संचालन गर्ने, दर्शक तथा पर्यटकहरुलाई सहज रुपमा बास बस्न अस्थायी आवास गृह निमार्ण गरिने छ, भने उद्घानको दिन हेलिकप्टरबाट महोत्सव स्थलमा पुष्पवृष्टि गरिने कार्यक्रम रहेको संयोजक तामाङले बताए ।

फोटो:धादिङ पोष्ट

प्रकाशित मिति : ७ बैशाख २०७८, मंगलबार ००:००  १० : ५२ बजे