१५ चैत्र २०८०, बिहिबार | Thu Mar 28 2024

विवेकशील साझा पार्टी दोलखाले गर्यो ४० घरधुरीलाई खानेपानीको व्यवस्था



दोलखा : भीमेश्वर नगरपालिका २ स्थित फुलपाको ४० घरधुरीका स्थानीयलाई विवेकशील साझा पार्टी दोलखाले तत्काल खानेपानीकोे व्यवस्था गरेको छ । भीमेश्वर नगरको साविकको ४ फुलपास्थित नागढुङ्गा निचिपुल सामुदायिक वनमा गत चैत्र ३१ गते आगलागि भएपछि खानेपानीको पाइप जलेको थियो ।

खानेपानीको पाइप जलेपछि फुलपा आसपासका स्थानीयलाई दैनिक जीवनमा उपभोग गर्ने पानीको अभाव भएको थियो । स्थानियले सम्बन्धित निकायमा जानकारी गराएपनि कुनै सुनुवाइ नभएको उनीहरुको भनाई छ ।

‘तत्तकालका लागि खानेपानीका व्यवस्था गर्ने अवस्था थिएन,‘स्थानीय बन्द्री दाहालले भने,‘यसपछि हामीले स्थानीय वडा कार्यालय, भीमेश्वर नगर कार्यालय, जिल्ला खानेपानी तथा सरसफाई डिभिजन कार्यायलमा यथाशिघ्र खानेपानीको पाइप उपलब्ध गराउन अनुरोध सहित पत्र पेश गरेका थियौं । तर, आशवासन पमात्रै पायौं ।’

दाहालका अनुसार यसपछि सामाजिक सञ्जालबाट सबैलाई पाइप उपलब्ध गराउन अनुरोध गरिएको थियो । यसपछि विवेशकील साझा पार्टी दोलखाका अनिल चन्द्र श्रेष्ठले केही घण्टाभित्रनै ४५ हजार पाँच सय रुपैँया सहयोग गरिएको दाहालको भनाई छ ।

दाहालले टुरिजम मिडिया नेटवर्कसँगै कुरागर्दै भने,‘अहिले हामी पाइप विच्छ्याउने र कुलो मर्मत गर्ने काममा छौं । यस अभियानमा साथ दिनु हुने सबैप्रति नमन गर्दछु ।’ ४० घरका लागि खानेपानी व्यवस्थापनका लागि सुरु गरिएको सो अभियानमा टुकि संघ चरिकोटले समेत एक क्वाइल पाइप दिएको बताइएको छ ।

प्रकाशित मिति : ७ बैशाख २०७८, मंगलबार ००:००  २ : ०५ बजे