७ बैशाख २०८१, शुक्रबार | Sat Apr 20 2024

भीमेश्वर मन्दिरको शिलामा निरन्तर पसिना



काठमाडौं । दोलखाको प्रसिद्ध भीमेश्वर मन्दिरको शिलामा पसिना आएको छ ।

भीमेश्वरको शिलामा आज मध्यान्ह १२ बजेर १५ मिनेटदेखि निरन्तर पसिना आईरहेको भीमेश्वर मन्दिर गुठी तथा पुजा व्यवस्थापन समितिले जनाएका छ ।

समितिका अध्यक्ष भरत श्रेष्ठका अनुसार शिलाको दायाँबाट पसिना आइरहेको छ । भीमेश्वर मन्दिरमा पसिना आएमा मुलुकमा कुन न कुनै घटना हुने विश्वास छ । यसरी भीमेश्वरको शिलामा पसिना आएपछि राष्ट्रपतिले क्षमा पुजा गर्ने चलन छ ।

अहिले भीमेश्वर मरिन्दरमा सर्वसाधरणको उल्लेख्य मात्रमा सहभागीता रहेको गुठीले जनाएको छ । भिमसेनलाई पसिना आए राष्ट्र, राष्ट्रप्रमुख, सरकार तथा जनतामा अनिष्ट हुने बताईन्छ ।

प्रकाशित मिति : २५ बैशाख २०७८, शनिबार ००:००  २ : १६ बजे