८ बैशाख २०८१, शनिबार | Sat Apr 20 2024

पाइलट सोवित गौचन सगरमाथाको चुचुरोमा



काठमाडौं । पाइलट सोवित गौचनले सगरमाथा आरोहण गरेका छन् । गौचनले बिहिबार सगरमाथाको चुचुरोमा पाइला टेकेका हुन् ।

गौचनले सगरमाथा आरोहण गरेसँगै पहिलो नेपाली पाइलटको रुपमा किर्तिमानी कायम गरेको छ ।

बेनी नगरपालिका ८ शिक्षामार्ग, म्याग्दी घर भएका उनी करिव एक दशकदेखि नेपाली आकाशमा उडान गरिरहेका छन् । उनले एयर डाइनेस्टीका क्याप्टेन, अल्टिच्युट एयरका अपरेशन डाइरेक्ट सम्हालि सकेका छन् । अहिले गौचन हेली एभरेष्टका अपरेशन डाइरेक्टरको रुपमा कार्यरत छन ।

प्रकाशित मिति : ३१ बैशाख २०७८, शुक्रबार ००:००  ४ : २५ बजे