काठमाडौं । द बर्गर हाउस एण्ड क्रन्ची फ्राइड चिकेनको टिमले हेलम्बु र मेलम्चीका बाढी पिडितहरुलाई ११ लाख रुपैयाँको खाद्यन्न तथा स्वास्थ्य सामाग्री वितरण गरेको छ । बर्गर हाउसका संस्थापक बसन्त लामाको नेतृत्वमा सो सामााग्री वितरण गरिएको हो ।
स्थानीय जनप्रतिनिधि तथा सामाजिक अभियान्तहरुको सहभागीतामा लामाको टिमले सो सामाग्री हस्तान्तरण गर्दै भने,‘हामीले करिव सामाजिक सञ्जालबाट जम्मा भएको ११ लाख रुपैयाँको सामाग्री तपाईहरुलाई हस्तान्तरण गरेका छौं । वास्तविक पिडितले छिटो र छरितो ढंगले राहत पाउने व्यवस्था गर्न समेत आग्रह गर्दछु ।’
संस्थापक अध्यक्षले भने यो सामाजिक सञ्जालबाट प्राप्त भएको रकम हो । ‘विशेषगरी मलाई माया गर्नु हुने स्वदेति तथा विदेशी मित्रहरुलाई धन्यवाद दिन चाहान्छु । साथै बर्गर हाउसका विभिन्न ब्रान्चका व्यवसायीले सकेको सहगो गर्नु भएको छ । अहिले हामीले पहिलो चरणमा यी सामान ल्याएका छौं’ उनले भने ।
लामाको नेतृत्वमा ३०० बोरा चामाल, ७० वटा ग्यास, २०० किलोग्राम नुन, २०० लिटर खाने तेल लगाएत विभिन्न खाद्यान्न सामाग्री तथा माक्स, सेनिटाइजर, फेस सिल्ड,पन्जा जस्ता स्वास्थ्य सामाग्री लगिएको छ।
सफल युवा व्यवसायी तथा समाजसेवी लामाले यसअघि विभिन्न क्षेत्रमा सहयोग गर्दै आएका छन् ।