७ बैशाख २०८१, शुक्रबार | Fri Apr 19 2024

मेलम्ची र हेलम्बु जोडने सडक सञ्चालन (फोटो फिचर)



काठमाडौं । मेलम्चीमा आएको बाढिका कारण मेलम्ची नगरपालिका र हेलम्बु गाउँपालिकाबीचको सडक खण्ड बगाएपछि सवारी यातायात ठप्प भएको थियो ।

असार १ गते साँझ आएको बाढिका कारण नगरपालिकाको फट्केमा बाढिले सडक बगाएपछि दुई पालिकाबीच सवारी ठप्प थियो । आइतबारदेखि स्थानिय निकाय, प्रहरी प्रशासनको संयुक्त प्रयासपछि सो सडक खण्ड अस्थायी रुपमा निर्माण गरेर सञ्चालनमा ल्याएको छ ।

उक्त सडक खण्ड निर्माण भएपछि राहत लैजान र सवारी फर्किन सहज भएको स्थानीय मनोज लामाको भनाई छ ।

  • शब्द चित्र : अर्जुन पाख्रिन

प्रकाशित मिति : ७ असार २०७८, सोमबार ००:००  ११ : ०८ बजे