७ बैशाख २०८१, शुक्रबार | Fri Apr 19 2024

यसरी बन्दै छ ‘रुवीभ्यालीको गणेश कुण्ड पुग्ने बाटो’ (फोटो फिचर)



अर्जुन तामाङ

काठमाडौं । धादिङ जिल्लाको उत्तरी क्षेत्र रुबीभ्याली नेपालकै प्रसिद्ध अर्को पर्यटकीय गन्तव्य हो । जहाँ विशेषगरी मूल्यवान रुबी पाइन्छ । यही क्षेत्रमा पर्ने विभिन्न कुण्डमध्ये गणेश कुण्ड एक हो । यसको छुटै विशेषता र स्थानिय मौलिकता पनि छ ।

भौगलिक हिसावले यहाँ पुग्न सहज छैन । यद्यपी पछिल्लो समय पर्यटन विभागको सहयोगमा गणेश कुण्ड जाने बाटोलाई व्यवस्थित गरिदै छ ।

स्थानिय तथा नेपाल पर्वतारोहण सघका महासचिव कुल बहादुर गुरुङका अनुसार मुस्किल्ले ३ फूटसम्मको अक्करे भिरबाट जाने बाटोलाई २ मिटर चौडाइको बनाइएको छ । बिशेष गरी स्थानिय, गोठालाहरु र आन्तरिक पर्यटकहरुलाई सहज हुने गरि बाटो निर्माण गरिएको छ ।

यस्टै ट्रेकिङ एजेसिन्स् एसोसिएन अफ नेपाल(टान)का सदस्य तथा मिडिया संयोजक सिमविर घलेले गणेश कुण्ड जाने बाटो निर्माणसँगै आवश्यक पूर्वधार निर्माण समेत भइरहेको जानकारी दिए ।

प्रकाशित मिति : १३ असार २०७८, आइतबार ००:००  ११ : २४ बजे