१५ चैत्र २०८०, बिहिबार | Thu Mar 28 2024

भीमेश्वरका मेयर राम्पामा स्वास्थ्य सामग्री बाँड्दै



काठमाडौं । भीमेश्वर नगरपालिकाका मेयर भरत केसीले राम्पामा पुगेर स्वास्थ्य सामाग्री वितरण गरेका छन् । यसअघि कोरोनाकै बीचमा भीनपा २ को डोक्थली गएका मेयर दोस्रो पटक राम्पा क्षेत्रमा पुगेका हुन् ।

आइतबार कोरोनाबाट ग्रसित भीनपा २ को राम्पामा औषधी लगाएतका सामाग्री लिएर मेयर केसी पुगेका हुन् । राम्पामा कोरोनाकै कारण एक जना स्थानीयले ज्यान गुमाएपछि मेयर आफै पुगेर पिडित परिवारलाई भेटेर सान्त्वना दिएका थिए ।

सो टोलीले अन्य बिरामीलाई स्वास्थ सामाग्री समेत वितरण गरिएको थियो । टिममा स्वास्थ उप संयोजक हरिहर न्यौपाने, मनिल दाहाल र महिला समाजसेबि मेनुका सुवेदी समेत रहेका थिए । नेपाल निर्माण व्यवसायिक महासंघका महासचिव रोशन दाहालको सहयोमा प्राप्त स्वास्थ्य सामाग्री २६ जनालाई वितरण गरिएको थियो ।

प्रकाशित मिति : ३ श्रावण २०७८, आइतबार ००:००  ९ : ४० बजे