१६ चैत्र २०८०, शुक्रबार | Fri Mar 29 2024

भीमेश्वर नगरपालिकाद्धारा गौरीशंकर बाल गृहमा पोषण सामग्री वितरण



चरिकोट । भीमेश्वर नगरपालिकाले गौरीशंकर बाल गृहमा पोषण सामग्री वितरण गरिएको छ ।

भीमेश्वर नगरका उपमेयर कमला बस्नेतले बाल गहृका बालबालिकाको लागि ३५ क्रेट अन्डा, चना, भटमास, नुन साबुन वितरण गरेका हुन् ।

सो सामग्री वितरण कार्यक्रममा स्वास्थ उप–सयोजक हरिहर न्यौपाने, बाल गृहका अध्यक्ष राम प्रसाद सापकोटा र पोषण स्वयंसेवक मनिल दाहालको सहभागीता रहेको थियो । बालगृहमा विभिन्न क्षेत्रका २९ जना अनाथ बालबालिका रहेका छन् ।

प्रकाशित मिति : ९ भाद्र २०७८, बुधबार ००:००  ९ : ५१ बजे