६ बैशाख २०८१, बिहिबार | Fri Apr 19 2024

द क्लिफ रिसोर्ट बाग्लुङको गुलेली पिङ अब काठमाडौको भोजघरमा



काठमाडौ । पछिल्लो समय फरक फरक शैलीका पिङ बनाएर आन्तरिक पर्यटक आकर्षित गर्ने होड नै चलेको छ । द क्लिफ रिसोर्ट बाग्लुङमा बनेको नेपालकै पहिलो गुलेली पिङले निकै चर्चा बटुल्यो । क्लिफकै प्राबिधिक सहयोगमा गुलेली पिङ काठमाडौ गैरीधारा स्थित भोजघरमा निर्माण गरिएको छ ।

जमिनबाट २५ फिट अग्लो बनाइएको पिङमा खेल्ने मान्छे बसेपछि पछाडि बाट मेसिनले तानेर हुत्त छोडिन्छ अनि पिङ मचिन्छ। भोजघरका विभिन्न प्यकेज अफरमा पिङ निशुल्क राखिएको छ ।

पिङ निर्माण र सन्चालनमा सुरक्षा सावधानीको उच्च सतर्कता अपनाइने भोजघरका प्रवन्धक मोहन बस्नेतले जानकारी दिए । चट्टान आरोहण लगायत साहसिक खेलमा प्रयोग हुने उच्च गुणस्तरको डोरिको प्रयोग गरिएको र दक्ष प्राबिधिकबाट डिजाइन गरि निर्माण गरिएको बस्नेत बताउँछन् ।

पिङ सन्चालनमा ल्याएको भोजघर २ बर्ष देखि काठमाडौ गैरीधारामा कटिया, नेवारी, टिपिकल नेपाली र कन्टिनेन्टल खाना सेवा गर्दै आएको रेस्टुरेन्ट हो । १ सय ४० बर्ष पुरानो घरमा बाँकी संरचना थपेर बनाइएको रेस्टुरेन्टमा स्टिम बिबिक्यु विशेष आकर्षण रहेको छ । २ सय क्षमताको हल समेत भएको रेस्टुरेन्टमा बर्थडे मनाउँदा केक निशुल्क उपलब्ध हुन्छ।

दोश्रो लकडाउन पछि नयाँ ब्यवस्थापनका साथ सन्चालनमा आएको रेस्टुरेन्टमा लाइभ किचेन, बिदा लक्षित साँस्कृतिक कार्यक्रम र कृषक बजार संचालनको तयारी रहेको बस्नेतले जानकारी दिए ।

प्रकाशित मिति : २३ भाद्र २०७८, बुधबार ००:००  ५ : ०७ बजे