१५ चैत्र २०८०, बिहिबार | Thu Mar 28 2024

बागमती प्रदेशको मन्त्रीपरिषद् विस्तार, अर्थमन्त्रीमा रचना खड्का



काठमाडौं । सांसद रचना खड्का बागमती प्रदेशको आर्थिक मामिला तथा योजनामन्त्री नियुक्त भएकी छिन् । मुख्यमन्त्री अष्टलक्ष्मी शाक्यले खड्कालाई अर्थमन्त्रीमा नियुक्त गरेकी हुन् ।

यस्तै, विजय सुवेदीलाई सामाजिक विकास मन्त्रालय, शान्ति प्रसाद पौडेललाई उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालय, प्रदीपकुमार कटुवाल क्षेत्रीलाई स्वास्थ्य मन्त्रालयको जिम्मेवारी दिइएको छ ।

प्रदेश सरकारले डा. अजय क्रान्ति शाक्यलाई आन्तरिक मामिला तथा कानुन मन्त्रालय र चन्द्र लामालाई भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयको जिम्मेवारी दिइएको छ ।

आज नियुक्त भएका राज्यमन्त्रीमा जीवन खड्का, सरस्वती बाटी, जुनेली श्रेष्ठ र बद्री मैनाली रहेका छन् । खड्कालाई भौतिक पूर्वाधार विकास राज्यमन्त्री, बाटीलाई उद्योग, पर्यटन, वन तथा वातावरण राज्यमन्त्री, श्रेष्ठलाई सामाजिक विकास राज्यमन्त्री र मैनालीलाई भूमि व्यवस्था, कृषि तथा सहकारी राज्यमन्त्री तोकिएको छ ।

प्रकाशित मिति : २३ भाद्र २०७८, बुधबार ००:००  ६ : ३४ बजे