१५ चैत्र २०८०, बिहिबार | Fri Mar 29 2024

देउवाले बनाए २५ सदस्यीय मन्त्रिपरिषद्, पर्यटन मन्त्रीमा प्रेम आले मगर



प्रधानमन्त्री शेरवहादुर देउवाले मन्त्रीपरिषद्लाई पूर्णता दिएका छन् । सरकार गठन भएको ८८ दिनपछि देउवाले २५ सदस्यीय मन्त्रीमण्डल विस्तार गरेका हुन ।

राष्ट्रपति भण्डारीले शुक्रबार मन्त्री भएकाहरुको जिम्मेवारी हेरफेर र कार्यविभाजन गरेकी हुन्। राष्ट्रपति भण्डारीले प्रधानमन्त्री देउवाको सिफारिसमा संविधानको धारा ७६ को उपधारा ९९० तथा धारा ७८ को उपधारा ९१० बमोजिम नियुक्ति हेरफेर र कार्यविभाजन गरी मन्त्रिपरिषद् गठन गरेको राष्ट्रपति कार्यालयका प्रवक्ता जगन्नाथ पन्तले जानकारी दिए।

प्रधानमन्त्री देउवाको सिफारिसमा राष्ट्रपतिले शुक्रबार १६ मन्त्री र दुई राज्यमन्त्री नियुक्त गरेका हुन्। प्रधानमन्त्री देउवाले उपप्रधानमन्त्री नराखी आफूपछिको दोस्रो बरियतामा गृहमन्त्री बालकृष्ण खाणको नाम राखेका छन् । यस्तै चौथो नम्बरमा उर्जा, जलस्रोत तथा सिँचाईमन्त्री पम्फा भुसाललाई राखिएको छ ।

संस्कृति, पर्यटन तथा नागरिक उडड्यनमन्त्रीमा प्रेम आले मगर नियुक्त भएका छन् ।

यी हुन् मन्त्री

कांग्रेस :

गृह मन्त्रालय- बालकृष्ण खाँण
परराष्ट्र मन्त्रालय- नारायण खड्का
सञ्चार, सूचना तथा प्रविधि- ज्ञानेन्द्रबहादुर कार्की
कानुन न्याय तथा संसदीय मामिला- दिलेन्द्र बडु
महिला बालबालिका तथा ज्येष्ठ नागरिक- उमा रेग्मी
रक्षा मन्त्रालय- मिनेन्द्र रिजाल
खानेपानी मन्त्रालय- उमाकान्त चौधरी
उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालय- गजेन्द्र हमाल

जसपा :

भौतिक पूर्वाधार तथा यातायात- रेणु यादव
संघीय मामिला तथा सामान्य प्रशासन- राजेन्द्र श्रेष्ठ
वन तथा वातावरण- रामसहाय यादव
कृषि तथा पशुपन्छी विकास- महेन्द्र यादव

एकीकृत समाजवादी :

संस्कृति पर्यटन तथा नागरिक उड्यन- प्रेम आले
श्रम रोजगार तथा सामाजिक सुरक्षा- कृष्णकुमार श्रेष्ठ (किसान)
सहरी विकास मन्त्रालय- रामकुमारी झाँक्री
स्वास्थ्य तथा जनसंख्या- विरोध खतिवडा
स्वास्थ्य राज्यमन्त्री- भवानीप्रसाद खापुङ

माओवादी केन्द्र

अर्थ मन्त्रालय- जनार्दन शर्मा
शिक्षा विज्ञान तथा प्रविधि- देवेन्द्र पौडेल
ऊर्जा मन्त्रालय- पम्फा भुसाल
भूमि व्यवस्था सहकारी तथा गरिबी निवारण- शशि श्रेष्ठ
युवा तथा खेलकुद मन्त्रालय- महेश्वर गहतराज

प्रकाशित मिति : २२ आश्विन २०७८, शुक्रबार ००:००  ५ : २६ बजे