१२ बैशाख २०८१, बुधबार | Wed Apr 24 2024

माउन्टेड लिडर लक्षुमान तामाङद्धारा तीनसय विद्यार्थीलाई शैक्षिक सामग्री वितरण



नेपाल पर्वतारोहण संघका माउन्टेड लिडर एण्ड ट्रेनिङ कोर्डिनेटर लक्षुमन तामाङले (लक्षु बम्जन) तीन सय विद्यार्थीलाई शैक्षिक सामग्री वितरण गरेका छन् ।

सोलुखम्बुको दुधकुण्ड नगरपालिकाको विभिन्न वडाका पाँच वटा विद्यालयमा शैक्षिक सामग्री वितरण गरेका हुन् ।

बम्जन सोसल सर्भिस नेपालको सहयोगमा शिसा कला आधारभूत विद्यालय, जनचेतना आधारभूत विद्यालय, गोरखानी आधारभूत विद्यालय, तेञ्जिङ नोर्गे आधारभूत र स्वर्णीमा आधारभूत विद्यालयमा उक्त सामग्री वितरण गरेका हुन् ।

सगरमाथा आरोही समेत रहेका लक्षु बम्जनले २०११ देखि उक्त अभियान सुरु गरेका थिए । उनका अनुसार भलिबल, फूटबल, ब्याडम्यान्टिन स्किपिङ लगाएतको सामग्री वितरण गरिएको हो ।

दुधकुण्ड नगरको वडा ३, ६, ९ र १० मा रहेका विद्यालयका विद्यार्थीलाई ६ महिनालाई पुग्ने शैक्षिक सामग्रीसहित झोला, विद्यालय पोषाक, टिसर्ट लगाएतको सामग्री वितरण गरेका हुन् ।

प्रकाशित मिति : ८ मंसिर २०७८, बुधबार ००:००  ६ : ४७ बजे