१५ चैत्र २०८०, बिहिबार | Fri Mar 29 2024

युरोपमा प्रसिद्ध ‘आइरन पाथ’ जुगल हिमालको रुटमा



काठमाडौं। युरोपमा एडभेन्चर टुरिजमको रुपमा प्रसिद्ध ‘आइरन पाथ’ (फलामको बाटो) नेपालमा पहिलो पटक निर्माण भएको छ । सिन्धुपाल्चोकको जुगल हिमालको रुटमा उक्त आइरन पाथ निर्माण भएको हो ।

साहिसक पर्यटक र पर्वतीय पर्यटनका लागि पहरा तथा भीरमा डिल मेसिनद्धारा खोपेर पलाम राखेर उक्त बाटो निर्माण गर्ने गरेका छन । सोही प्रविधिलाई आधार मानेर उक्त रुटको आइरन पाथ खोलिएको टिम लिडर तुलसिं गुरुङले जानकारी दिए ।

पर्यटन विभागको ग्रेट हिमालय रुटको बजेटको ३० लाखमा सो आइरन पाथ निर्माण गरिएको हो । अन्तर्राष्ट्रिय माउन्टेन्ड गाइड समेत रहेका गुरुङले आइरन पाथ युरोपको रक क्लाविङ क्षेत्रमा प्रसिद्ध रहेको बताए ।

‘नेपालमा पहिलो पटक जुगल हिमाल क्षेत्रमा निर्माण भएको छ । यसले नेपालको साहसिक पर्यटनमा टेवा पुग्छ,’ उनले टुरिजम मिडिया नेटवर्कसँग भने,‘काठमाडौंबाट नजिकै रहेको जुगल हिमालको रुटमा यो बाटो बनेको छ । यस्ले जुगल हिमाल आरोणमा प्रत्यक्ष रुपमा सहज पुग्छ ।’

गुरुङको १० जनाको टिमले २० दिन लगाएर सो आइरन पाथ निर्माण गरिएको हो । इटलियनहरुले यसलाई भिया फराता समेत भन्ने गरेका छन् । यस क्षेत्रबाट ग्याल्जेन पिक समेत जान सकिन्छ ।

राजधानीको नजिकै जुगुल हिमाल भए पनि प्रवद्र्धन हुन सकेको छैन । उक्त हिमालको बेस क्याम्पसँम्म पुग्ने बाटो सहज छैन । अब आइरन पाथ निर्माणले कठिन बाटो सहजै पार गर्न सकिने गुरुङको विश्वास छ ।

प्रकाशित मिति : २१ मंसिर २०७८, मंगलबार ००:००  १२ : २४ बजे