१६ चैत्र २०८०, शुक्रबार | Fri Mar 29 2024

जिरी नगरपालिकाको मेयर र उप मेयरमा एमाले विजयी



चरिकोट । जिरी नगरपालिकाको मेयर र उप मेयरमा एमालेका उम्मेदवार विजयी भएका छन् ।

मेयरमा मित्र जिरेल र उप प्रमुखमा कृष्णमाया बुढाथोकी विजयी भएका हुन् ।

मित्र जिरेल नेकपा एमाले बागमति प्रदेश कमिटी सदस्य समेत हुन् । उनले २७३७ मत ल्याएका थिए । उनका प्रत्यासि नेपाली कांग्रेसका लाक्पा शेर्पाले २५८६ मत ल्याएका थिए । यस्तै उप मेयरमा विजयी बुढाथोकीले ३४३४ मत ल्याएका थिए ।

प्रकाशित मिति : ३ जेष्ठ २०७९, मंगलबार ००:००  ४ : ३२ बजे