६ बैशाख २०८१, बिहिबार | Thu Apr 18 2024

भीमेश्वर नगर ६ मा नविन लामाको प्यानल विजयी



चरिकोट । नेकपा एमाले भीमेश्वर नगरको इन्चार्ज नविन लामाको टिमले वडा ६ मा अत्यधिक मतका साथ विजयी हासिल गरेका छन् । उनको प्यानलले लोकप्रिय मत सहित विजयी हासिल गरेका हुन् ।

सामाजिक अभियान्त तथा राजनीतिक यात्रामा प्रखर व्यक्तित्वका रुपमा परीचित लामाले आफुसँगै आफ्नो प्यानललाई अत्यधिक मतले विजय गराएका हुन् ।

लामा ०७४ मा पनि लोकप्रिय मतसहित वडा अध्यक्षमा विजय भएका थिए । यो उनको दोस्रो कार्यकाल रहने छ । पहिलो कार्यकालमा नगरकै ९ वटा वडामध्ये उत्कृष्ट वडा अध्यक्षको रुपमा सम्मानित भएको थियो ।

आफ्नो वडाको पूर्वाधार विकास, न्यायोचित बजेट विनियोजन, जनतासँग प्रत्यक्ष संवाद र सहकार्य, कृषि तथा अनुदानमा पारदर्शी, खानेपानीदेखि ग्रामिण सडक गुणस्तर लगाएतको कार्यमा उनको उत्तिकै योग्दान रहेको छ ।

(13) गाउँमा अझै सिंहदरबार आएको छैन: भीमेश्वर नगरका उत्कृष्ट वडा-६अध्यक्ष नवीन लामा । पहिलो अन्तर्वाता । – YouTube

भीमेश्वर नगरको राजनीतिमा वजनद्धार नेतृत्वको रुपमा उनको व्यक्तित्व विकास भइरहेको छ ।

नयाँ टिमले अझ नयाँ ढंगले जनतासँग काम गर्ने उनको विश्वास छ ।

उनले वडा अध्यक्षमा निर्वाचित भएपछि मतदातालाई कृतज्ञता ज्ञापन गरेका छन् । साथै स्थानीयको घरदैलोमा पुगेर धन्यवादको साथै भेटघाट अभियान समेत थालेका छन् ।

(13) भीमेश्वर नगर वडा ६ मा चुनावि अभियान सुरु । आजदेखि चोथाङमा घरदैलो ।। – YouTube

प्रकाशित मिति : ५ जेष्ठ २०७९, बिहिबार ००:००  ११ : २१ बजे