१६ चैत्र २०८०, शुक्रबार | Fri Mar 29 2024

छोरोल्पा अस्पतालमा जेठ १५ गते नि:शुल्क प्लाष्टिक सर्जरी



चरिकोट । सदरमुकाम चरिकोट स्थित छोरोल्पा जनरल अस्पतालमा नि:शुल्क प्लाष्टिक सर्जरी(अप्रेशन) छनौट(स्क्रीनिङ) हुने भएको छ । यही जेठ १५ गते उक्त शिविर हुन लागेको हो ।

काठमाण्डू मोडेल अस्पताल कीर्तिपुर आयोजना र छोरोल्पा जनरल अस्पताल प्रा लि चरिकोटको असह आयोजनामा हुन लागेको हो ।

एक दिने शिविरमा ओठ तथा तालु(मुखभित्र जिब्रोभन्दा माथि) चिरिएका खुँडे तथा आगोले पोलेर एउटा भाग अर्को भागसँग जोडीएर कुँजो भएका मानिसहरुले नि:शुल्क अप्रेशनको लागि सम्पर्क गर्न सकिने जनाएको छ ।

यसका लागि ०४९४२५०५, ९८४१७०२६०८, ९८०१८२५००४ सम्पर्क गर्न सकिने अस्पतालले जनाएको छ ।

प्रकाशित मिति : ५ जेष्ठ २०७९, बिहिबार ००:००  ३ : २१ बजे