८ बैशाख २०८१, शनिबार | Sat Apr 20 2024

भीमेश्वर नगरको कान्छि उम्मेदवार श्रुति भण्डारी, विजयीपछिको ‘संकल्प’



चरिकोट । स्थानीय तहको निर्वाचनमा भीमेश्वर नगरको विभिन्न पदमा उम्मेदवार रहका उम्मेदवारमध्ये सबैभन्दा कान्छि उम्मेदवार श्रुति भण्डारी (२२वर्ष) वडा सदस्यमा विजयी भएकी छिन् ।

भीमेश्वर नगर ६ को वडा सदस्यको रुपमा उम्मेदवार रहकी भण्डारीले (८३२) लोकप्रिय मतसहित विजयी भएकी हुन् ।

पश्चिम बाँके घर भएकी तर दोलखा चरिकोट विवाह भएकी भण्डारीले पहिलो पटक जनप्रतिनिधि भएर काम गर्ने अवसर पाएकी छिन् ।
नविन लामाको नेतृत्वमा भण्डारीसहित शुसिला थापा, दिपक न्यौपाने र भरत खतिवडा रहेका छन् । भण्डारी वडाकै पनि कान्छि उम्मेदवार हुन् ।

दोलखा आएर नेकपा एमालेमा सक्रिय रहकी उनी पछिल्लो समय महिलाको विषयसँगै सामाजिक न्याय, समानता र सिप मूलक कार्यदेखि आर्थिक सुधारको कार्यमा प्रखर वक्ता हुन् ।

उनले आजै मात्र निर्वाचन कार्यालयबाट भीनपा ६ को स्थानीय तहमा निर्वाचित वडा सदस्यको प्रमाण पत्र लिएकी छिन् । आगामी समयमा उनले महिलाको क्षमता अभिवृद्धिका लागि विभिन्न सिपमूलक तालिम सञ्चालन गर्ने बताईन ।

वडा अध्यक्ष नविन लामाको टिममा रहेर प्रभावकारी ढंगले काम गर्ने प्रतिबद्धता समेत गरिन । साथै, आगामी आर्थीक बर्षको कार्यक्रम तथा बजेटको विषयमा समेत प्रभावकारी ढंगले काम गर्न सामूहिक छलफलबाट योजना तर्जुमा गर्ने बताइन ।

नगरभित्रै महिलो नेतृत्वको विकास, प्रशिक्षण, बहसमूखी कार्यक्रम, संंस्कृति र प्रकृतिको विषयमा समेत कार्ययोजना बनाउने लक्ष्य लिएकी छिन् । विकास निर्माणमा महिलाको सहभागीता र सवालको विषयमा समेत स्पष्ट नीति तथा कार्यक्रम बनाउन पहल गर्ने उनको संकल्प छ ।

सूचना प्रविधिसँग जानकार रहेकी भण्डारीले दलित महिला, पिछडिएकी जनजाति, सिमान्तकृत, प्रोढ महिला, एकल महिलाहरुको विषयमा कार्यक्रम गर्न पहल गर्ने भण्डारीको योजना छ ।

प्रकाशित मिति : ७ जेष्ठ २०७९, शनिबार ००:००  २ : ४१ बजे