७ बैशाख २०८१, शुक्रबार | Sat Apr 20 2024

तामाङ पत्रकार संघ बागमती प्रदेशको सदस्य सरु बलेफी गाउँपालिको उपाध्यक्षमा विजयी



काठमाडौं । तामाङ पत्रकार संघ बागमती प्रदेशको सचिवालय सदस्य सरु थोकर लामा बलेफी गाउँपालिकाको उपाध्यक्षमा विजयी भएकी छिन् ।

नेपाली काँग्रेसको तर्फबाट उम्मेदवार रहेकी सरुले लोकप्रिय मतका साथ विजयी भएका हुन् ।

सरु, जन्मभूमिपोस्ट अनलाइन मिडियाको प्रबन्धक निर्देशक समेत हुन् ।

लिसंखुपाखरको ठुलोधादिङको मध्यम वर्गीय परिवारमा जन्मिएकी हुन् । तामाङले सानै उमेरमा बलेफी ३ धुस्कोट स्थायी बसोबास रहेका पत्रकार एवं कलाकार प्रीतमकुमार तामाङसँग विवाह गरेकी थिइन ।

उनी शिक्षिका हुँदै पछिल्लो समय गृहिणीसँगै पत्रकारितामा सक्रिय छिन् ।

उनी नेपाली काँग्रेसको क्रियाशील सदस्य हुँदै १४ औँ अधिवेशनको क्षेत्रीय प्रतिनिधि समेत हुन् । तामाङ बलेफी गाउँपालिका नेपाली काँग्रेस पालिका कार्यसमिति सदस्य समेत हुन् ।

प्रकाशित मिति : ८ जेष्ठ २०७९, आइतबार ००:००  २ : ०९ बजे