१६ चैत्र २०८०, शुक्रबार | Fri Mar 29 2024

मेलुङ ४ का अध्यक्ष बम्जनद्धारा पदभार ग्रहण: ‘विकासका योजनामा निष्पक्ष ढंगले काम गर्छु’



चरिकोट । मेलुङ गाउँपालिका ४ का वडा अध्यक्ष सोम बहादुर बम्जनले पदभार ग्रहण गरेका छन् । गाउँपालिका अध्यक्ष हिरा थोकरबाट शपथ लिएसँगै बम्जनले सोमबार देखि नै पदभार ग्रहण गरेका हुन् ।

नेकपा एमालेबाट निर्वाचित अध्यक्ष बम्जनले २०७९ बैशाख ३० गतेको स्थानीय निर्वाचनबाट जनताको अमूल्य मत प्राप्त गरि औपचारिक रुपमा पदभार ग्रहण गरिएको उनले जानकारी दिए ।

मेलुङ ४ को स्थानीय जनतासँग रहेर जनजिविकासंग जोडिने विभिन्न सामुदायिक विकास र योजनाहरुमा निष्पक्ष ढंगले काम बताए ।
उनले सामाजिक सञ्जालमा लेखेका छन,‘तपाईहरुले दिनुभएको माया,विश्वास र साथलाई हामी आत्मसात गरि तपाईहरुको हरेक सुख,दु:खमा सदैव साथ रहनेछौ ।

यहाँको स्थानीय जनताको सेवकको रुपमा काम गर्ने प्रतिबद्धता सहित पुन: मेलुङ ४ का सम्पुर्ण आदरणिय बुबाआमा दाजुभाई तथा दिदिबहिनीहरुप्रति हार्दिक आभार प्रकट गर्दछौ ।’

प्रकाशित मिति : १० जेष्ठ २०७९, मंगलबार ००:००  १२ : ५१ बजे