१५ चैत्र २०८०, बिहिबार | Thu Mar 28 2024

बसन्त लामाद्वारा पदभार ग्रहण, ‘वडा भवन शिलान्यास र एम्बुलेन्स सेवा पहिलो एजेन्डा’



चरिकोट । मेलुङ गाउँपालिका ३ का वडा अध्यक्ष बसन्त लामाले मंगलबार पदभार ग्रहण गरेका छन् । गाउँपालिका अध्यक्ष हिरा थोकरबाट सोमबार शपथ लिएसँगै लामाले आजदेखि पदभार ग्रहण गरेका हुन् ।

उनले पदभार ग्रहणसँगै वडा कार्यालय भवनलाई पहिलो प्राथमिकतामा राखेका छन् । वडाबाट हुने हरेक कार्यलाई चुस्त दुरुस्त राख्नका लागि वडा भवन बनाउने पहिलो सूचि बनाएका हुन् ।

वडा अध्यक्ष लामाले केही दिनभित्र नै वडा कार्यालयका लागि उचित जग्गा व्यवस्थापन गरेर शिलान्यास गर्ने बताए । साथै यहाँको जनताको स्वास्थ्य र सुविधाको लागि एम्बुलेन्स सेवा सञ्चालन गर्ने दोस्रो सूचिमा राखेका छन् ।

साथै सडक सञ्जाललाई प्राथमिकताका साथ व्यवस्थित र गुणस्तरिय बनाउने दावी गरेका छन् । सरकारबाट पाउने मासिक रकमलाई वडाका बालबालिकाको शैक्षिक सुधार र कम्प्युटर शिक्षामा खर्च गर्ने गरी हेल्प फन्डबाट काम गर्ने उनको योजना छ ।

उनले पदभार ग्रहणसँग सामाजिक सञ्चालयमा यसरी जनतालाई सम्बोधन गरेका छन् ।

‘आदरणीय बा आमा दाजुभाइ तथा दिदिबहिनीहरु अबको पाँच बर्ष सुखदु:ख मा तपाईहरुको साथमा रहि तपाईहरुको सेवामा समर्पित भइ काम गर्ने प्रतिबद्धताका साथ कार्यभार सम्महालेको छु । तपाइहरुको सल्लाह शुझावले नै यो वडा नमुना वडा बनाउने बिश्वास लिएको छु । तपाइहरुको सल्लाह शुझावको लागि सधैं आभारी रहने छु । धन्यवाद’

बसन्त लामा ‘द बर्गर हाउस एण्ड क्रन्ची फ्राइड चिकेन’ का संस्थापक अध्यक्ष समेत हुन् । लामा युवा उद्यमीको रुपमा समेत स्थापित छन् । उनको अहिले देसैभर बर्गर हाउसका लेआवट रहेका छन् ।

(48) अफ्गानिस्तान पुगेको भए ‘द बर्गर हाउस’ जन्मिने थिएन || बसन्त लामा || 2021 – YouTube

प्रकाशित मिति : १० जेष्ठ २०७९, मंगलबार ००:००  १ : १४ बजे