४ बैशाख २०८१, मंगलबार | Tue Apr 16 2024

सानु शेर्पाको कीर्तिमान : १४ हिमाल दोहोर्‍याएर आरोहण



काठमाडौं । संखुवासभाका आरोही गाइड सानु शेर्पा विश्वकै एक्ला कीर्तिमानी आरोहीको रुपमा नाम राख्न सफल भएका छन् । उनले विहीबार पाकिस्तानको ८,०३५ मिटर अग्लो गसेर्ब्रुम–२ हिमालको आरोहण गरेसँगै विश्वकै एक्ला कीर्तिमानी आरोहीको रुपमा नाम राख्न सफल भएका हुन् ।

विश्वमा रहेका ८ हजार मिटर भन्दा अग्ला १४ हिमालको दोहोर्‍याएर आरोहण गर्ने उहाँ पहिलो आरोही हुनुभएको छ ।

संखुवासभाको मकालु गाउँपालिका–१ स्थायी घर भएका ४७ वर्षीय सानु शेर्पा केही वर्षयता विश्वकै १४ अग्ला हिमाललाई दोहोर्याएर चढ्ने अभियानमा जुट्नु भएको थियो ।

सन् २००५ मा काठमाडौँ आएर ट्रेकिङ भरियाको रूपमा काम गर्ने मौका पाएका सानुले पहिलो पटक सन् २००६ मा ८ हजार मिटर भन्दा अग्लो हिमाल चोयूको आरोहण गर्नुभएको थियो । त्यसपछि प्रत्येक वर्ष उहाँको जीवन हिमालमै वित्यो ।

आठ हजार मिटर अग्ला हिमाल नेपालमै १४ वटा गरी विश्वभर २० वटा रहेपनि नेपालका आठ वटालाई मात्र इन्टरनेश्नल क्लाइम्विङ एण्ड माउन्टेनेरिङ फेडेरेसनले मान्यता दिएको छ । तर नेपाल सरकारको तथ्याङकमा भने १४ वटानै कामय गरिएको छ । देश तथा विदेशी कम्पनीमात्र नभएर उहाँले विशेष गरी पायोनियर एड्भेन्चर ट्रेकमा रहेर उहाँ आरोहण गर्दै आउनुभएको छ ।

नेपालमा सानु शेर्पा सहित पाँचजानले मात्र यी अग्ला हिमालको एक पटक आरोहण गरेका छन् । तर १४ हिमाललाई दोहोर्‍याएर आरोहण गर्नेमा उहाँ पहिलो आरोही हुनुभएपछि नेपालको साहसिक पर्यटन क्षेत्रमा थप प्रवद्धर्न हुने विश्वास पर्यटन व्यवसायीहरुले राखेका छन् ।

शेर्पाले अग्ला हिमाल आरोहण गरेको वर्ष

अन्नपूर्ण २०१६, २०२१

ब्रोड पीक २०१४, २०१७

चोयू २००६, २००८

धौलागिरी २०१९, २०२१

सगरमाथा २००७, २००८, २००९, २०१२, २०१३, २०१६, २०१७

गोसेर्व्रुम २ २०१९, २०२२

गोसेर्व्रुम १ २०१३, २०१९

केटु २०१२, २०२१

कञ्चनजंग २०१४, २०२२

ल्होत्से २००८, २०२१

मकालु २०१९, २०२२

मनस्लु २०१०, २०११, २०१६

नागा पर्वत २०१७, २०१८, २०२२

सिंसापाङ्मा २००६, २०११

प्रकाशित मिति : ६ श्रावण २०७९, शुक्रबार ००:००  ३ : ०६ बजे