१६ चैत्र २०८०, शुक्रबार | Fri Mar 29 2024

टानको अध्यक्षमा सरिता लामाको उम्मेदवारी



काठमाडौं । ट्रेकिङ एजेन्सिस् एसोसिएसन अफ नेपाल (टान) को अध्यक्षमा सरिता लामाले उम्मेदवारी घोषणा गरेकी छिन् । यही साउन ३० गते हुने टानका अधिवेशनले नयाँ नेतृत्व चयन गर्ने छ ।

टानको चुनावीसगर्मी बढि रहेको समयमा वर्तमान महासचिव लामाले अध्यक्षमा उम्मेदवारी घोषणा गरेकी हुन् । उनी लामो समयदेखि टानमा सक्रिय रहेकी छन् ।

उनले भनाई यस्तो छ …………

ट्रेकिङ एजेन्सिस् एसोसिएसन अफ नेपाल (टान) को पाँच दशक पुग्न लाग्यो । अहिले टान ४४ औं साधरण सभामा आइपुगेको छ । संस्थापक अध्यक्ष अम्बिका श्रेष्ठ ज्यू देखि टेक चन्द्र पोखरेल ज्यु, आ. पि. पन्तज्यु, याकिला शेर्पाज्यु, दिपक महत, ज्योति अधिकारीज्यु,चन्द्र रिजालज्यु, नवराज दाहालज्यु देखि हालको १९औं अध्यक्षका रुपमा खुम सुवेदी ज्यू हुनुहुन्छ । अहिलेसम्म टानको १९औं अध्यक्षका रुपमा खुम सुवेदी ज्यू हुनुहुन्छ । उहाँहरुको योग्दान अतुलनयी रहेको छ ।

पर्यटन क्षेत्रमा आवद्ध भएदेखि नै टानसँग सहकार्य गरिरहेको छु । टानको ४१ औं साधारण सभाबाट निर्वाचित कार्य समितिको सदस्य हुँदै अहिले महासचिव छु । टानको विगतलाई नजिकबाट बुझेको छु । टानको वर्तमान अवस्थाको विषयमा सुचित छु र भविष्यमा टानको गरिमालाई नयाँ ढंगबाट उठाउन सक्ने योजनाका साथ टान अध्यक्षको उम्मेदवारी घोषणा गर्दछु । यही साउन ३० गते हुने निर्वाचनमा म र मेरो प्यानलाई आम पर्यटन व्यवसायीले साथ र सहयोग गर्नु हुने ठूलो अपेक्षा छ ।

विश्व महामारीको रुपमा फैलिएको कोभिडका कारण थलिएको पर्यटन क्षेत्रलाई नयाँ ढंग र संरचनाबाट पुन पुरानै लयबाट विश्व सामु नेपालको पर्यटन प्रवद्र्धन गर्ने योजनाका साथ अध्यक्षको उम्मेदवारी घोषणा गरेको छु । कोभिडकै पेन्डामिक टाइममा महासचिवको भूमिका निर्वाह गर्दै गर्दा आम व्यवसायी, पर्यटन मजदुर र प्राविधिकसँग सँगै बसेर मैले सकेको सूचना, सहकार्य र समन्वय गरिरहेको अवगत नै छ ।

नेपाल सरकारको पर्यटन विभागिय कार्यालयसँग पर्यटन व्यवसायी, श्रमिकहरुको हकहितको विषयमा निरन्तर लागि परीरहेको छु ।
टानका आम सदस्यज्यूहरुले मेरो भूमिका दृष्टिकोण र योजनाप्रति पूर्ण रुपमा सहयोग गर्नु हुने पूर्ण विश्वास छ ।

यसकारण मैले घोषणा गर्ने प्रतिबद्धता केही दिनभित्र सार्वजनिक गर्ने छु । तपाईहरुले टानको अध्यक्षमा दत्तचित्त भएर सहयोगका लागि अपिल गर्दछु । यो पटक व्यवासायीक हकहित र महिला समावेशी नेतृत्व र टानका गरिमालाई नयाँ उचाईमा पुर्याउने उदेश्य लिएर उम्मेदवारी घोषणा गरेको छु । धन्यवाद ।

प्रकाशित मिति : ८ श्रावण २०७९, आइतबार ००:००  ३ : १३ बजे