७ बैशाख २०८१, शुक्रबार | Fri Apr 19 2024

आदिवासी जनजाति महासंघ समाजवादीद्धारा पर्यटन मन्त्री श्रेष्ठलाई सम्मान



काठमाडौं । नेपाल आदिवासी जनजाति महासंघ समाजवादीले संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्री जीवनराम श्रेष्ठलाई बधाई तथा शुभकामना दिदै सम्मान गरेका छन् । जनजाति महासंघ समाजवादीको पदाधिकारीले मन्त्री श्रेष्ठलाई सम्मान पत्रद्धारा बधाईसहित शुभकामना दिएका हुन् ।

महासंघका उपाध्यक्ष तथा स्वास्थ्यमन्त्री भवानी प्रसाद खापुङसहितको टोलीले पर्यटन मन्त्रीलाई बधाई तथा शुभकामना दिन मन्त्री क्याटरमा बिहीबार पुगेका थिए ।

उक्त टोलीमा महासंघका अध्यक्ष पासाङ शेर्पा, महासचिव चन्द्र लामा, उप महासचिव लावसाङ लामा, टिकालाल तामाङ लगाएत रहेको महासंघले जनाएको छ ।

प्रकाशित मिति : १२ श्रावण २०७९, बिहिबार ००:००  ४ : ०८ बजे