१६ चैत्र २०८०, शुक्रबार | Fri Mar 29 2024

राष्ट्रिय पर्यटन व्यवसायी संगठनको नेतृत्वमा पूर्ण कुवर



काठमाडौं । नेपाल राष्ट्रिय पर्यटन व्यवसायी संगठनको तेस्रो राष्ट्रिय महाधिवेशनले नयाँ नेतृत्व चयन गरेको छ । वरिष्ठ पर्यटन व्यवसायी पूर्ण कुवरको नेतृत्वमा नयाँ समिति चयन गरेको हो ।

समितिको वरिष्ठ उपाध्यक्षमा राजेन्द्र सापकोटा, महासचिवमा यामबहादुर खड्का र कोषाध्यक्षमा एमडी ग्रुपका अध्यक्ष लिला लामा निर्वाचित भएका छन् ।

संगठनको राजधानीमा भएको राष्ट्रिय अधिवेशनले १०१ सदस्यिय समिति चयन गरेको हो । उक्त कार्यक्रमका प्रमुख अतिथि नेकपा एमालेका केन्द्रीय सदस्य तथा पुर्व पर्यटनमन्त्री प्रदिप ज्ञवालीलले उद्घाटन गरेका थिए ।

प्रकाशित मिति : १४ श्रावण २०७९, शनिबार ००:००  १० : ३९ बजे