१६ चैत्र २०८०, शुक्रबार | Fri Mar 29 2024

माओवादी केन्द्रबाट टान नेतृत्वका लागि कमल सापकोटा, सरिता लामाको समर्थन



काठमाडौं । नेपालको पर्यटन प्रवद्र्धनमा छुटै पहिचान बनाउन सफल कमल सापकोटाले टान नेतृत्वका लागि उम्मेदवारी घोषणा गरेका छन् । उनको उम्मेदवारीलाई उनी निकट नेकपा माओवादी केन्द्रले समेत स्पष्ट रुपमा अघि बढाएको छ ।

माओवादी केन्द्रमा आस्था राख्ने पर्यटन व्यवसायीको संस्थाले समेत सापकोटालाई नै आधिकारि नेतृत्वका लागि अघि बढाउने बताएको छ । माओवादी कोटाबाट हाल टानको महासचिव भएका सरिता लामाले पनि अध्यक्षमा उम्मेदवारी घोषणा गरे पनि आन्तरिक सहमतिपछि सापकोटालाई समर्थन गरेका छन् ।

हालको महासचिव लामाको समर्थनले सापकोटालाई सहज भएको छ । भिटोफ नेपालको अध्यक्ष समेत भइसकेका सापकोटा आफैमा सफल पर्यटन व्यवसायी हुन् । उनको पर्यटन क्षेत्रको योग्दान, भूमिका र क्रियाशिलताका कारण पनि पर्यटन व्यवसायीमाझ लोकप्रिय रहेका छन् ।

प्रकाशित मिति : १४ श्रावण २०७९, शनिबार ००:००  ११ : ३१ बजे