१६ चैत्र २०८०, शुक्रबार | Fri Mar 29 2024

ललितपुरको देवीचौरमा पर्यटन प्रवर्द्धन गर्दै भिटोफ नेपाल



काठमाडौं । गाउँ पर्यटन प्रवर्द्धन मञ्च (भिटोफ) नेपालले ललितपुरको गोदावरी नगरपालिका-७ देवीचौरमा हाइकिङ कार्यक्रम सम्पन्न गरेको छ । आफ्नो २६ औं वार्षिक साधारण सभा मनाउन साेमबार गोदाबरी नगरपालिका-७ देवीचौर पुगेको टोलीले गन्तब्यको पहिचान गर्दै प्रवर्द्धन र प्रचारप्रसारमा सघाउने बताएका छन् ।

कार्यक्रम निकै उपलब्धिमुलक भएको भिटोफ अध्यक्ष गोपाल थापाले बताएका छन । “हाम्रो उदेश्य नै गाउँ पर्यटनको पहिचान र प्रवर्द्धन गर्ने हो सोहिअनुरुप यस गन्तब्यलाई छनौट गरिएको हो ” उनले भने ।

स्थानीय जनप्रतिनिधी (वडा अध्यक्ष) मथुरा शर्माले पनि यस कार्यक्रमबाट उत्साहित भएको बताएका छन । “यो त सुरुवात मात्र हो, आगामी दिनमा हामी मिलेर सबैलाई समेटर थप प्रभावकारी कार्यक्रम गर्नेछौं ” उनले भने ।

पर्याप्त प्रचार प्रसारको अभावले राजधानीबाट नजिकै भए पनि ओझेलमा परेको देवीचौरलाई भिटोफ नेपालले पर्यटकीय क्षेत्रको पहिचान गरेको हो । करिब २१०० मिटरमा रहेको भ्युटावरबाट काठमाडौं उपत्यकासहित हिमालको लामो लर्कन देख्न सकिन्छ । यस क्षेत्रमा तामाङ, क्षेत्री बाहुनलगायत नेवारसमुदायको मिश्रित बसोबास छ ।

कसरी पुग्ने ?

काठमाडौंदेखि सातदोबाटोबाट, सुनाकोठी, ठेँचो, टिकाभैरव, देवीचौर, जौवारी, देउराली हुँदै भ्युटावरसम्म करिब ३० किमिको दुरी रहेको पर्यटकीय गन्तब्यमा गाडी या बाईकमा सहजै पुग्न सकिन्छ ।

प्रकाशित मिति : १७ श्रावण २०७९, मंगलबार ००:००  १२ : ३३ बजे