७ बैशाख २०८१, शुक्रबार | Fri Apr 19 2024

सगरमाथा क्षेत्रमा भेटियो हिउँ चितुवा



काठमाडौं । सगरमाथा क्षेत्रको खुम्बुमा हिउँ चितुवा देखिएको छ । अमेरिकन फोटोग्राफर किटी पवलोस्कीले हिउँ चितुवाको फोटो गत अक्टोवर ८ मा खिचेकी थिइन् ।

सगरमाथा क्षेत्रको ५ हजार ४ सय ८६ मिटर उचाइमा हिउँ चितुवाको तस्बिर कैद गरेको उनले आफ्नो वेभसाइटमा उल्लेख गरेकी छन्।

५ हजार एक सय ६४ मिटर उचाइमा हिउँ चितुवाको पाइला देखेपछि आफूले फोटोका निम्ति पछ्याएको उनले लेखेकी छन्।

‘मौसम असाध्यै अप्रत्यासित थियो तर उत्कृष्ट दृश्य पाउनका निम्ति मैले उचाइ चढ्नैपर्थ्यो। तल देखिएको पाइलाका आधारमा पछ्याउँदै जाँदा मैले कैद गर्न खोजेकै जनावर फेला पारेँ,’ उनले भनेकी छन्।

हिउँ चितुवा कैद गर्नका निम्ति गोरकशेपबाट उनी बिहान ४ बजे निस्किएकी थिइन्।

‘गोधुली साँझ वा मिर्मिरे बिहानमा हिउँ चितुवा निकै आकर्षक देखिन्छ। उचाइमा पुगेर मलाई आकर्षक तस्बिर कैद गर्नु थियो म त्यसमा सफल भएँ,’ उनले भनेकी छन्।

फोटोग्राफर किटी वन तथा वातावरण संरक्षणका क्षेत्रमा काम गर्छिन्।

प्रकाशित मिति : २१ कार्तिक २०७९, सोमबार ००:००  १२ : २१ बजे