चरिकोट । दोलखाबाट बागमती प्रदेश सभा (ख) का उम्मेदवार भरत बहादुर केसीले टासि छ्योलिङ गुम्बाको रंग रोगन तथा मुर्ति व्यवस्थापनका लागि पहल गर्ने बताउनु भएको छ ।

नेकपा एमालेका प्रदेश सभा सदस्यका उम्मेदवार केसीले फस्कुको ऐतिहासिक टासि छ्योलिङ गुम्बाभित्रको मुर्तिका लागि पहल गर्ने बताउनु भएको हो ।
सय वर्ष पुरानो गुम्बा २०७२ मा भूकम्पले ध्वस्त भएको थियो । गुम्बाको पुन: निर्माण पुरातत्व विभागले गरी सकेको छ ।
अहिले गुम्बाको भौतिक संरचना निर्माण भए पनि गुम्बाभित्र राखिने मुर्तीका लागि आर्थिक अभाव रहेको गुम्बा व्यवस्थापन समितिले जनाएको छ ।
चुनावी अभियानको क्रममा उम्मेदवार केसी फस्कु पुग्नु भएको थियो । उहाँले उक्त गुम्बाको अनुगमन गर्नु भएको छ । साथै गुम्बाका लामा बाबुलाल लामाबाट आर्शीवाद लिनु नभएको छ ।
आफूले प्रदेश सभाको उम्मेदवार जितेपछि यस गुम्बाको प्रवद्र्धन र व्यवस्थापनका लागि आवश्यक पहलसहित सहयोग गर्ने वचन दिनु भएको छ ।
सो गुम्बा निर्माणका लागि चार करोड ५० लाख खर्च भएको गुम्बाका अध्यक्ष सानु लामाले जानकारी दिनुभयो । उहाँका अनुसार अझै एक करोड खर्च लाग्ने छ ।
उक्त गुम्बा पुन: निर्माणका लागि पुर्व संस्कृति पर्यटन तथा नागरिक उड्यनमन्त्री आनन्द पोखरेलले सहयोग गर्नु भएको थियो ।