शैलुङ । दोलखाबाट बागमती प्रदेश सभा (ख) का उम्मेदवार भरत बहादुर केसीलाई शैलुङका जनताले ‘सांसद जिताएर पठाउने भूमिका हाम्रो, मन्त्री भएर शैलुङको विकास गर्ने काम तपाईको’ भन्दै शुभकामना दिएका छन् ।

चुनावी अभियानको क्रममा शैलुङ गाउँपालिका पुग्दा उम्मेदवार केसीलाई यहाँका जनताले उक्त मनसाय व्यक्त गरेका हुन् । घरदैलो अभियानको क्रममा प्रदेशका उम्मेदवार केसीलाई यहाँका जेष्ठ नागरिक, ताम्बा, घान्बा र लामागुरुहरुले आर्शीरवादसहित मन्त्री हुन शुभकामना दिएका हुन् ।
शैलुङ गाउँपालिकाको दुधपोखरी ताम्चेतहुँदै सुरु भएको चुनावी अभियान सकिएर उहाँको टोली चरिकोट फर्किदै हुनुहुन्छ । अभियानको क्रममा यहाँको जनतामा एमालेप्रतिको उत्साह, उर्जा र उत्साह चुनावी अभियानसँगै उर्लिएको एमाले नेता थिर बहादुर तामाङले बताउनु भयो ।
(191) शैलुङ फस्कुमा सम्बाेध गर्नुहुँदै प्रदेश सभाका उम्मेदवार BHARAT KC . – YouTube
उहाँका अनुसार शैलुङमा तामाङ समुदाय भएका कारण यहाँका ताम्बा, घान्बा र लामाले भरत केसीलाई सांसद जितेर मन्त्री हुन शुभकामनासहित आर्शीवार दिएका छन् ।
स्थानीयतह निर्वाचनमा भएको कमीकम्जोरी समेत आत्मालोचनासहित मंसिर ४ को निर्वाचनमा शैलुङ होमिएको एमाले नेता भरत दुलालको उद्घोष छ ।
उम्मेदवार भरत केसीले दोलखामा प्रदेश क र ख मात्रै नभएर प्रतिनिधिसभा समेत एमालेको जीत पक्का भएको उद्घोष गर्नु भयो ।
‘मंसिर ४ गठनबन्धनको हार र एमालेको सरकार’ बन्ने शुभ दिन भएका कारण शैलुङका जनतालाई सूर्य चिन्हमा मतदान गर्न अनुरोध गर्नु भयो ।