काठमाडौं । नेपाल पर्वतारोहण संघका कार्यसमिति सदस्य दिनेश तामाङ (UIAA) को ‘Expedition WG Commission’ सदस्यमा मनोनित भएका छन् । विश्वभरिका सयभन्दा धेरै सदस्य रहेको उक्त अल्पाइन क्लवको पूर्णकालीन सदस्यको रुपमा तामाङ मनोनित भएको हो ।

उनको मनोनित नियुक्तिले नेपालको पर्वतारोहण क्षेत्रको प्रवद्र्धनमा सहयोग पुग्ने अपेक्षा राखिएको छ । यस विषयमा उनले सामाजिक सजालमा लेखेका छन् ‘म अन्तर्राष्ट्रिय पर्वतारोहण महासंघ (ग्क्ष्ब्ब्) लाई हार्दिक धन्यबाद दिन चाहन्छु ।
सय भन्दा बढ़ी देशहरुको अल्पाईन क्लबहरुको अन्तरास्ट्रिय साझा सस्थाको पूर्णकालीन सदस्यको रूपमा नेपालको प्रतिनिधिको रूपमा मनोनित हुन पाएकोमा म आफूलाई गर्ववान्वीत र एक भाग्यमानी ठानेको छू ।’
उक्त ठाउँसम्म पुर्याउनका लागि सहयोग गर्नुहुने सबै देशका प्रतिनिधिलाई उनले धन्यवाद ज्ञापन गरेका छन् । उनले आफ्नो कार्यकालयमा नेपालको पर्यटन तथा पर्वतारोहणको बारेमा विश्व सामू चिनाउन प्रवद्र्धनमुखि कार्यक्रम तथा प्रचारप्रसार गर्ने बताएका छन् ।