७ बैशाख २०८१, शुक्रबार | Fri Apr 19 2024

कतारका राजदूत र राष्ट्रियसभा अध्यक्ष कुश्माको स्काई क्याफेमा



नेपालका लागि कतारका राजदूत यूसुफ बिन मोहम्मद अल हैल कुश्माको द क्लिफ पुगेका छन्।

उनी राष्ट्रिय सभाका अध्यक्ष गणेश तिमिल्सिनासँगैको टोलीसहित कुश्मा पुगेका हुन्।

उनीहरूले त्यहाँ स्काई क्याफेको मज्जा लिएका थिए। राजदूतको टोलीले झन्डै दुई घण्टा द क्लिफमा बिताएको अध्यक्ष राजु कार्कीले बताए।

साथै कुश्मा पुगेका राजदूत हेलले त्यहाँका स्थानीय निकायसँग पनि भेटघाट गरेका थिए।

पछिल्लो समय कुश्मा साहसिक पर्यटकीय गन्तव्य बन्दै गएको छ। त्यहाँ बन्जी जम्प, स्काई साइक्लिङ, स्काई क्याफे, स्वीङलगायतका साहसिक खेलका लागि देश तथा देशबाहिरका पर्यटकहरूको घुइँचो लाग्ने गरेको छ।

प्रकाशित मिति : ८ पुस २०७९, शुक्रबार ००:००  ९ : १७ बजे