१३ बैशाख २०८१, बिहिबार | Fri Apr 26 2024

त्रिपुरा स्काउट ग्रुपको पाँचौं दिक्षान्त समारोह (फोटो फिचर)



चरिकोट । त्रिपुरा ग्लोरियस एकेडेमीमा २०७३ सालमा स्थापित त्रिपुरा स्काउट ग्रुपको पाँचौ दिक्षान्त समारोह सम्पन्न भएको छ । आज एक कार्यक्रमकाबीच उक्त समारोह भएको हो ।

त्रिपुरा ग्लोरियस एकेडेमीका विद्यार्थीलाई सहासिक क्रियाकलापमा सहभागी गराउने उदेश्यका साथ उक्त स्काउट ग्रप स्थापना भएको हो ।

विद्यार्थीमा स्काउट शिक्षाको मूल मूल्यहरुमा विश्वास गर्दै ईमानदारी, सम्मान, हेरचाह, विश्वास र सहयोग, जीवन उपयोगी सीप र तालिम जस्तै पदयात्रा, शिविर, एडभेन्चर एण्ड फन क्याम्पमा स्काउटहरु सहभागी हुने गरेको स्काउटका क्याप्टेन थिर बहादुर खड्काको भनाई छ ।

‘यो महत्वपूर्ण दिनमा, हामी सम्पूर्ण स्काउट्स, शिक्षक , शिक्षिका अविभावकहरु र शुभचिन्तकहरु लाई धन्यवाद दिन चाहन्छौं,’उनले लेखेका छन्,‘तपाईहरुको सहयोग र साथले यो यात्रा सम्भव बनाउन मा बहुमूल्य योगदान को लागी आभारी छौं ।’
आशा गर्छौ, हामी सयौं र हजारौं वर्ष सक्रिय स्काउटिंग मनाउनेछौं।

त्रिपुरा स्काउट ग्रुपले केही समयअघि दोलखाको दुईदिने समुदाय अवलोकन कार्यक्रम गरेको थियो ।

कार्यक्रममा ऐतिहासिक दोलखा बजार पुगेर विभिन्न ऐतिहाँसिक तथा पुरातात्विक स्थलको अवलोकन गरेका थिए । प्याक लन्च हाईकिङमा दोलखा बजार पुगेको टिमले बजारमा रहेका मन्दिर तथा स्वयम्भू, टक्सार घर, त्रिपुरा सुन्दरी, तलेजु मन्दिर, मञ्जुश्रीको मन्दिर अवलोकन गरेका थिए ।

यस्तै, जिल्ला प्रहरी कार्यालय पुगेर विद्यार्थीहरुले अपनाउनुपर्ने सुरक्षा सावधानी, बाल यौन दुव्र्यवहार ट्राफिक जनचेतना लगायतका बारेमा प्रहरी नेतृत्वसँग अन्तरक्रिया गरिएको थियो ।

प्रकाशित मिति : १५ पुस २०७९, शुक्रबार ००:००  ८ : ३५ बजे