७ बैशाख २०८१, शुक्रबार | Fri Apr 19 2024

ठमेलमा न्यू इयर इभ सडक महोत्सव हुँदै



काठमाडौं । अंग्रेजी नयाँ वर्षका अवसरमा काठमाडौंको ठमेलमा शनिबार साँझ सडक महोत्सव हुने भएको छ । पर्यटन प्रवर्द्धनको उद्देश्यसहित आज साढे ५ बजेबाट सडक महोत्सव सुरू हुने ठमेल पर्यटन विकास परिषदले जनाएको छ ।

कार्यक्रममा नेपाली मैलिक कला, विशिष्ठ व्यक्तित्वबाट शुभकामनाका सन्देश साथै साङ्गीतिक कार्यक्रम हुनेछन् । त्यस्तै सन् २०२२ लाई बिदा गरि सन् २०२३ लाई स्वागत गरेर रातिको साढे १२ बजे कार्यक्रम समापन हुनेछ । न्यू इयर इभमा ठमेलको सबै व्यवसायीहरुले वस्तु तथा सेवाको प्रवर्द्धन गर्नेछन्। यसका लागि व्यवसायीहरूले आफ्ना उत्पादनलाई प्याकेज बनाएको परिषदले बताएको छ।

अंग्रेजी नयाँ वर्षको उपलक्ष्यमा परिषदद्वारा आयोजना हुन गईरहेको न्यू इयर इभ सडक महोत्सव कार्यक्रम काठमाडौं महानगरपालिका, नेपाल पर्यटन बोर्ड, नेपाल टेलिकम, बरुण वेभरेज लगायतका सम्वन्धित निकायको आर्थिक तथा प्राविधिक सहकार्य रहेको छ ।

कार्यक्रममा प्रमुख अतिथिका रूपमा उपराष्ट्रपति नन्दबहादुर पुन सहित विभिन्न विशेष्ट व्यक्तिहरूको उपस्थित हुनेछन् । पर्यटकीय क्षेत्र ठमेलमा न्यू इयर इभमा बढी भीडभाड हुने हुँदा सुरक्षा व्यवस्थापनमा कडाइका लागि सम्वन्य भइरहेको परिषद्का अध्यक्ष भविश्वर शर्माले बताए।

प्रकाशित मिति : १६ पुस २०७९, शनिबार ००:००  १० : ३० बजे