४ बैशाख २०८१, मंगलबार | Tue Apr 16 2024

सन् २०२२ मा ६ लाख १४ हजार १४८ पर्यटक भित्रिए



काठमाडौं । सन् २०२२ मा ६ लाख १४ हजार १४८ जना विदेशी पर्यटक नेपाल भित्रिएका छन् । सन् २०१९ को अन्त्यमा सुरु भएको विश्वव्यापी कोभिड महामारीका थलिएको पर्यटन क्षेत्र सन् २०२२ मा ब्युँतिएको छ । सन् २०२२ काे अन्तिम महिना डिसेम्बरमा ६७ हजार नाै सय ३२ जना पर्यटक नेपाल भित्रिएका छन् ।

कोभिड-१९ महामारीका कारण सन् २०२० र ०२१ मा पछिल्लो ४५ वर्षयताकै कम पर्यटकको आगमन भएको थियो ।

नेपाल पर्यटन बोर्डका अनुसार सन २०२२ मा भित्रिएको पर्यटकको सङ्ख्या सन् २०२१ को तुलनामा ३०९ दशमलव ७५ प्रतिशत र सन् २०२० को तुलनामा १६६ दशमलव ९२ प्रतिशत धेरै हो ।

सन् २०२२ मा सबैभन्दा भारतीय पर्यटक आएका छन् । बोर्डका अनुसार २ लाख ९ हजार १०५ जना भारतीय नेपाल आएका छन् । दोस्रोमा अमेरिकी छन् । ७७ हजार ९ जना अमेरिकी नेपाल आएका छन् । तेस्रोमा बेलायती छन् । बेलायतबाट ४४ हजार ७८१ जना पर्यटक नेपाल आएको बोर्डले जनाएको छ । अस्ट्रेलियाबाट २६ हजार ८७४ जना आए का छन् । बङ्गलादेशबाट २५ हजार ३८४ जना पर्यटक आएका छन् ।

कोभिड-१९ महामारी, रुस र युक्रेनबिचको युद्ध, डेङ्गुको सङ्क्रमण लगायत कारणले ध्वस्त भएको विश्व पर्यटन क्षेत्र अब तङ्ग्रिन थालेको छ । संयुक्त राष्ट्रसङ्घीय विश्व पर्यटन सङ्गठनका अनुसार सरदर ७० प्रतिशत पर्यटन पुनरुत्थान भएको छ । पर्यटन क्षेत्रलाई पूर्ववत् अवस्थामा फर्कन भने अझै दुई वर्ष लाग्न सक्ने सङ्गठनको अनुमान छ ।

कुन महिनामा कति ?

जनावरी -१६,९७५

फेब्रुअरी -१९,७६६
मार्च -४२,००६

अप्रिल -६१,५८९

मे -५३,६०८

जुन -४६,९५७

जुलाई -४४,४६२

अगस्ट -४१,३०४

सेप्टेम्बर -५८,३१४

अक्टोबर -८८,५८२

नोभेम्बर -७२,६५३

डिसेम्बर ६७९३२

जम्मा ६१,४ १४८

प्रकाशित मिति : १७ पुस २०७९, आइतबार ००:००  ८ : २१ बजे