७ बैशाख २०८१, शुक्रबार | Sat Apr 20 2024

राष्ट्रपति विद्यादेवि भण्डारीसँग जेष्ठ नागरिकको भेटघाट (फोटो/भिडियो)



काठमाडौं । भीमेश्वर नगरपालिका–५ का जेष्ठ नागरिकले महाकाल माईको प्रसाद (फूल माला, टिका) राष्ट्रपति विद्यादेवी भण्डारीलाई दिएका छन् ।

वडा अध्यक्ष वासु श्रेष्ठको नेतृत्वमा शितल निवास पुगेका जेष्ठ नागरिकहरुले राष्ट्रपतिलाई महाकालको प्रसाद प्रदान गरेका हन् ।
राष्ट्रपतिले दोलखा भीनपा ५ का ३८ जना जेष्ठ नागरिकलाई महाकाल माईको प्रसादको लागि धन्यवाद ज्ञापन गरेका थिए । राष्ट्रपति भवनको प्रवास कक्षमा जेष्ठ नागरिगसँग भेटभाट गरिएको थियो ।

भेटघाटको क्रममा राष्ट्रपति भण्डारीले गाउँबस्तिका बुबा आमाहरुलाई भेट्ने इच्छा हुँदा हुँदै पनि पदिय दायित्वका कारण सहज नभएको बताइन । ‘आज शितल निवासमा तपाईहरुसँग भेटन पाउँदा खुसी लागेको छ । जेष्ठ नागरिकले पाउँदै आएको भत्ता वास्तवमा अपुग छ । यसको वृद्धि हुन आवश्यक छ,’राष्ट्रपति भण्डारीले भनिन्,‘आगामी सरकारले यो विषयमा सोच्न जरुरी छ । यो जेष्ठ नागरिक भत्ता वास्तवमा एउटा सम्मान मात्र हो।’

राष्ट्रपतिले महाकाल माईको प्रसाद लिएसँगै भेटिसमेत पठाएकी छिन् ।

वडा अध्यक्ष वासु श्रेष्ठले ८० देखि ८९ वर्षका जेष्ठ नागरिकलाई काठमाडौंमा भ्रमणसँगै राष्ट्रप्रमुखसँग भेट गराउन पाउँदा यात्रा सफल भएको बताए । वडा अध्यक्षले पाउने सेवा सुविधा र भत्तामा रकम थपेर जेष्ठ नागरिकलाई काठमाडौं भ्रमण गराएको उनको भनाई छ ।

राष्ट्रपतिले जेष्ठ नागरिकसँग सामूहिक तस्विर समेत खिचेका थिए । राष्ट्रपति भवनले जेष्ठ नागरिकहरुलाई चियापान समेत गराएका थिए ।

समाज कल्याण परिषद, राष्ट्रिय जेष्ठ नागरिक कोषको सभापत्ति बसन्तराज कार्कीले जेष्ठ नागरिकहरुले राज्यका प्रमुखसँग भेट्दा छुटै उत्साह हुने बताए । ‘गाउँका बा–आमाले काठमाडौं आएर ठूला दलका नेता पुर्व प्रधानमन्त्रीसँग भेट्दा उनीहरुमा उर्जा हुन्छ ।

राष्ट्रपति भेट्दा उनीहरुमा छुटै उमंग हुन्छ,‘सभापत्ति कार्कीले भने,‘जेष्ठ नागरिकसँग राष्ट्रप्रमुखहरुले भेट्दा उनीहरुको विषयमा बन्ने पोलिसि झन फराकिलो बनाउन सहज हुन्छ ।’

सामन्यतया बुढा बुढिलाई धार्मिक भ्रमण गराउँछन् । घुम्ने खाने रमाइलो गर्ने छुटै भयो । तर, राष्ट्र प्रमुखहरुसँग भेट हुने अवसर कमै जेष्ठ नागरिकले मात्रै पाउँछन् । यो अभियान देशभरि नै लैजानु पर्ने कार्कीको भनाई छ ।

जेष्ठ नागरिकले दिउँसो नेकपा एमालेको पाटी अध्यक्ष तथा पुर्व प्रधानमन्त्री केपि शर्मा ओलीसँग भेटघाट गरेका थिए ।

प्रकाशित मिति : १८ पुस २०७९, सोमबार ००:००  ८ : ४३ बजे