१६ चैत्र २०८०, शुक्रबार | Fri Mar 29 2024

उपभोक्ता समितिले फिर्ता गरे ‘भीमेश्वर मन्दिरको पहिलो किस्ता-३ लाख’



दोलखा । प्राचिन भीमसेन मन्दिर संरक्षण तथा सम्वद्र्धन उपभोक्ता समितिले भीमेश्वर मन्दिर गुठी तथा पुजा व्यवस्थापन समितिलाई पहिलो किस्ताको तीन लाख रुपैँया फिर्ता गरेको छ ।

भीनपा २ को वडा कार्यालयमा उक्त रकमको चेक उपभोक्ता समितिले बुझाएको वडा कार्यालयले जनाएको छ । वडा अध्यक्ष स्टालिन श्रेष्ठले उक्त चेक सोमबार भीमेश्वर मन्दिर गुठीलाई हस्तान्तरण गर्ने बताइएको छ ।

गुठीले भदौ अन्तिम साता प्राचिन भीमसेन मन्दिर संरक्षण तथा सम्वद्र्धन उपभोक्ता समितिका अध्यक्ष अजय प्रधानको टिमलाई सापटि दिएको ६ लाख एक हप्ताभित्र फिर्ता गर्न पत्र पठाएको थियो ।

उपभोक्ता समितिले तत्तकाल उक्त रकम फिर्ता गर्न नसक्ने भएपछि वडालाई दुवै पक्षले समन्वय गर्न आग्रह गरिएको थियो । सोही आधारमा वडा अध्यक्ष स्टालिन श्रेष्ठको समन्वयमा समिति र गुठीबीच रकम फिर्ताको लागि पहल भएको थियो ।

एकै पटक सो रकम फिर्ता गर्न सक्ने अवस्था नभएपछि समितिले गुठिलाई दुई किस्तामा तीन/तीन लाख दिने दुई पक्षिय सहमति भएको थियो । पहिलो किस्ता पुष मसान्त र दोस्रो किस्ता २०७९ चैत्र अन्तिममा बुझाउने सहमती भएको गुठीका कोषाध्यक्ष सुरेश कुमार श्रेष्ठले जानकारी दिएको थियो ।

गुठीले उपभोक्ता समितिलाई दिएको सापटि रकम असुलिका लागि पहल गरे अनुसार पहिलो किस्ताको चेक वडा कार्यालयमा रहेको उनको भनाई छ । ‘सम्भवत गुठीका पदाधिकारीलाई वडाले सोमबार चेक दिने छ । यसपछि हामी चेक साट्न जानेछौं,’कोषाध्यक्ष श्रेष्ठले भने।

बागमती प्रदेश सरकारले मन्दिर व्यवस्थापन तथा निर्माणका लागि ५० लाख बजेट विनियोजन गरिएको थियो । उक्त निर्माण कार्यका लागि उपभोक्ता समितिले लागत सहभागी रकम जम्मा गर्नु पर्ने भयो । उक्त रकमको लागि उपभोक्ता समितिसँग पैसा नभएपछि भीमेश्वर मन्दिरको गुठीसँग २०७८ चैत्र दोस्रो साता ६ सापटि मागिएको थियो । तर, योे विषय गुपचुप नै थियो । यस विषयमा टुरिजम समाचाले स प्रमाण भेटिएपछि निरन्तर फलो गरेका थिए ।

भीमेश्वर गुठीले ६ लाख असुलि गर्न प्रधानलाई पठायो पत्र

प्रकाशित मिति : ३० पुस २०७९, शनिबार ००:००  १ : ४४ बजे