९ चैत्र २०७९, बिहिबार | Thu Mar 23 2023

प्रदेश स्तरीय भलिबलः प्रथम हुने दृढताको साथ दोलखाको टिम मन्थलीमा



चरिकोट । बागमती प्रदेश स्तरीय भलिबल प्रतियोगितामा प्रथम हुने दृढताको साथ दोलखाको टिम रामेछाप प्रस्थान गरिएको छ । आज नेकपा एमाले दोलखाका अध्यक्ष नर बहादुर श्रेष्ठले भलिबलको टिमलाई अग्रिम बधाई दिदै बिधाई गरेका हुन् ।

भलिबल टिमका कोच दामोदर जोशीले राष्ट्रिय खेलहरुमा सहभागी भएका खेलाडीहरु दोलखाबाट प्रदेशस्तरीय प्रतियोगितामा छनौट गरिएको बताए । ‘यो टिम चुस्त र सक्षम छ । मलाई, विश्वास छ । प्रथम हुन्छौं,’ उनले भने,‘१० जनाको टिम छ । यो पटक दोलखाको सान, मान र खेलकुदमा नयाँ प्रतिष्ठा राखेर फर्किनेछौं ।’

यो गेममा दोलखाको टिमको व्यवस्थापक भने रमेश रेग्मी रहेका छन् । यस्तै राष्ट्रिय रेफ्रि क्यान्डिडेट अर्जुन थापा समेत सहभागी रहेका छन् ।

दोलखाका टिमलाई बिधाई गर्नका लागि नेकपा एमालेका नेता डबल पाण्डे, एमाले दोलखाका पुर्व अध्यक्ष ईश्वर पोखरेल र भीनपा ५ का वडा अध्यक्ष बासु श्रेष्ठ समेत पुगेका थिए ।

यो खेलमा प्रथम पुरस्कार २ लाख नगदसहित शिल्ड प्रमाण पत्र रहेको छ । दोस्रो हुनेलाई एक लाख रहेको छ । भलिबल माघ ४ देखि ७ गतेसम्म हुने छ । उक्त प्रतियोगितामा १३ वटा जिल्लाका टिम सहभागी हुनेछन् ।

 

प्रकाशित मिति : ३ माघ २०७९, मंगलबार ००:००  ५ : ५९ बजे