चरिकोट । भीमेश्वर नगर विद्यालय स्तरीय चौथो राष्ट्रपति रनिङ्ग शिल्ड प्रतियोगिता आजबाट सुरु भएको छ ।
भिमेश्वर नगरपालिका र लालीगुराँस युवाक्लबको आयोजामा भएको राष्ट्रपति रनिङ शिल्ड प्रतियोगितामा भिमेश्वर नगरभित्रका १७ वटा विद्यालको टिम सहभागी भएको छ ।
पाँच दिनसम्म हुने सो प्रतियोगिताको लागि भीमेश्वर नगरपालिकाले लालि गुराँससँग ५ लाख ८१ हजार रुपैयाँमा सम्झौता गरिएको थियो ।
सो खेलको उद्घाटन संघीय सांसद गंगा कार्की र बागमती प्रदेशका सांसद भरत बहादुर केसीले संयुक्त रुपमा उद्घाटन गरेका हुन् ।
कार्यक्रममा भिमेश्वर नगरपालिकाका उप प्रमुख कमला बस्नेतले स्वागत मन्तव्य राखेका थिए ।
उप प्रमुख बस्नेतले विद्यार्थिको व्यक्तित्व विकास, शारिरिक स्वस्थता, आफ्नो पहिचान र जिल्ला र राष्ट्रको पहिचानको लागिप्रतियोगिता सञ्चालन गरेको बताइन ।
भिमेश्वर नगरपालिकाका प्रमुख ईश्वर नारायण मानन्धरको अध्यक्ष्यतामा सञ्चालनको भएको थियो ।
कार्यक्रममा जिल्ला समन्वय प्रमुख बर्जुराम घतानि, प्रमुख जिल्ला अधिकारि भोजराज खतिवडा, जिल्ला संघ खेलकुदका प्रमुख रामहरि शिवाकोटि, सुरक्षा निकाय प्रमुखहरु, भिमेश्वर नगरपालिका वडा नं ४ का वडा अध्यक्ष तारानाथ चौलगाई, वडा नं २ का वडा अध्यक्ष स्टालिन श्रेष्ठ, वडा नं ५ का वड अध्यक्षबासु श्रेष्ठ लगायतको उपस्थिति रहेको थियो ।
प्रतियोगीताको पहिलो दिन छात्रा तथा छात्र तर्फको भलिबल खेल सुरु भएको छ ।