६ बैशाख २०८१, बिहिबार | Thu Apr 18 2024

दक्षिण कोरियाको ल्होछारमा देशु गोलेको सांगीतिक प्रस्तुती



काठमाडौं । सामाजिक अभियन्ता तथा गायिका देशु गोलेले नेपाल तामाङ संघ दक्षिण कोरियाको ल्होछारमा भव्य प्रस्तुती दिएकी छिन् ।

संघद्धारा जनवरी २४ का दिन आयोजित २८५६ औं सोनाम ल्होछार बृहत् सांस्कृतिक तथा सांगीतिक कार्यक्रममा उनले प्रस्तुती दिएकी थिइन ।

सेलो गायिका गोलेले धरान स्थित असहाय तथा जेहन्दार विद्यार्थीहरुलाई सहयोगार्थ देशु गोले फाउन्डेसन समेत स्थापना गरेकी छिन् । हाल उनी बेलायत बस्दै आएकी छिन् । बेलायत बसोबास गरे पनि गायन क्षेत्रबाट सामाजिक क्षेत्रमा गोले जुटेकी छिन् ।

प्रकाशित मिति : १७ माघ २०७६, शुक्रबार ००:००  ७ : २५ बजे