२४ भाद्र २०८१, सोमबार | Mon Sep 9 2024

राष्ट्रपतिमा कहिलेसम्म राजनीति !



गणेश बुढाथोकी

नयाँ सरकार गठन भएको दुई महिना भयो । नाटकिय रुपमा संसदको पहिलो ठुलो दल नेपाली काङग्रेसलाई विपक्षमा राखेर संसदको तेस्रो दल नेकपा माओबादिको नेतृत्वमा दोस्रो ठुलो दल नेकपा एमाले सहितका दलहरु मिलेर सरकार गठन गरेका थिए ।

नेपालका राजनीतिक दलहरु सत्ता स्वार्थको लागि नागरिकसँग गरेका प्रतिवद्धताहरु सजिलै विर्सन सक्छन् । यो मामिलामा अहिलेका प्रधानमन्त्री पुष्पकमल दाहाल अग्रपंक्तिमा छन् । त्यस्तैगरि केपि ओलि र देउवा लगायतका नेताहरु पनि यो मामलामा छुटाउन नहुने नामहरु हुन् ।

सतप्रतिशत ठिक लागेको विषयमा केहि समयको फरकमा अलग धारणा बनाएर मिडिया फेस गर्न तयार नेताहरुमा राजनितिक नैतिकता र इमान्दारीताको आसा गर्न व्यर्थ हो । पटक पटक देशको नेतृत्व गरेका नेताहरुको यो लाचरी र सत्ता लिप्साको राजनीतिले आम मानिसहरुमा नकरात्मक सन्देश दिएको छ ।

सत्ता, शति र पदको लागि को कति बेला को सँग मिल्छ भन्ने कुरा स्वय मिल्नेहरुलाई नै थाहाँ हुँदैन । गठबन्धन बन्ने र टुट्ने विषय नेपालको राजनीतिमा सामान्य भइरहेको छ । अबको केहि दिन नेपालको राष्ट्रिय राजनीतिमा राष्ट्रपतिको को हुने भन्ने विषयले ठुलो महत्व पाउने देखिन्छ ।

देशले केहि दिनमा गणतन्त्र नेपालको तेस्रो नँया राष्ट्रपति पाउने छ । अहिलेसम्म नयाँ राष्ट्रपति को बन्छ भन्ने शंका कै घेरामा छ । नयाँ सरकार गठन हुँदाको सहमति अनुसार अबको राष्ट्रपति एमालेको कोटा बाट हुनुपर्ने हो । अझ भनौँ नेकपा एमालेका अध्यक्ष केपि ओलिको सिफारिसमा देशले नयाँ राष्ट्रपति पाउँनु पर्ने थियो ।

तर, परिस्थीति बदलिएको छ । राष्ट्रिय राजनीतिमा यो दुई महिना केहि नसोचेका घट्ना भएका छन् । आफुलाई प्रधानमन्त्री कुनै हालतमा नदिने देउवाको रणनीति बुझेका प्रचण्डले हतार हतार बालकोटको बार्दलीमा गएर गठबन्धन गरे र प्रधानमन्त्री भए । कांग्रेसलाई चिड्यायर प्रधानमन्त्री बनेका उनै प्रचण्डलाई एक महिना नवित्दै नेपाली काङग्रेसले सरकारको विश्वास छ भनेर मत दियो ।

नेपाली काङग्रेसले विश्वासको मत मात्र दिएन सत्ता गठबन्धनमा अविश्वासको विउँ पनि रोपिदियो । यहि घटनाबाट हौसियका प्रचण्डले राष्ट्रपतिमा पाटि भन्दा बाहिरको तथा सर्वमान्य व्यक्त्तिलाई राष्ट्रपति बनाउने भन्दै दुई महिना अगाडि एमाले सँग गरेको सहमती नमान्ने संकेत गरेका छन् । राष्ट्रपतिमा राष्ट्रिय सहमतिको नारा दिदै आफु अनुकुलको राष्ट्रपति बनाउँन प्रधानमन्त्री प्रचण्ड सक्रिय भइरहेका छन् ।

नेपालको संविधानले राष्ट्रपतिलाई कार्यकारी अधिकार दिएको छैन् । तर पनि राष्ट्रपति को बन्ने विषयमा यति धेरै राजनीति किन हुन्छ ? यो प्रश्नको उत्तर खोज्न यो भन्दा अगाडीको राष्ट्रपति डा रामवरण यादब र अहिलेको राष्ट्रपति विद्या देवि भण्डारीले गरेका केहि विवादास्पद निर्णएको बारेमा बहस हुन जरुरी छ । डा रामवरण यादव नेपाली काङगे्रसको कोटा बाट नेपालको पहिलो राष्ट्रपति बनेका हुन् भने विद्या देवि भण्डारी एमालेको कोटा बाट राष्ट्रपति बनेकि हुन् । यी दुवै पात्र राष्ट्रपति हुनुभन्दा अगाडी पाटिको सक्रिय नेता थिय । त्यसैले पनि उनिहरुको कार्यकालमा राष्ट्रपति भवन देशको सर्वमान्य संस्था हुन सकेन । दुई जना राष्ट्रपतिको कार्यकालमा राष्ट्रपतिको संस्था विभिन्न विवादमा परेको छ ।

राष्ट्रपति भवन कुनै पाटिको कार्यालय जस्तो अझ भन्नुपर्दा पाटिको पनि कुनै शिर्ष नेताको गुठको अफिस जस्तो बनेको भनेर विभिन्न समयमा पाटि भित्र र बाहिर प्रश्न उठ्ने गरेको छ । प्रचण्ड प्रधानमन्त्री हुँदा सेनापति प्रकरणमा राष्ट्रपतिले गरेको निर्णय होस् या केपि ओलि प्रधानमन्त्री हुँदा संसद विघटनको केसमा राष्ट्रपतिले गरेको निर्णय । यी सवै निर्णयमा राष्ट्रपतिको भुमिका माथि प्रश्न उठेको थियो । यस्त विवादास्पद निर्णयमा आफ्नो अनुकुल निर्णय गराउन र पावर आफुमा राख्न पनि शिर्ष नेताहरु आफनो मान्छेलाई राष्ट्रपति बनाउन राष्ट्रपतिको पदमा राजनीति गरिरहेका छन् । आवरणमा राष्ट्रिय सहमति र सर्वमान्य व्यक्त्तिलाई राष्ट्रपति बनाउने भने पनि विभिन्न बार्गेनिङ गरेर आफनो काम गर्ने व्यक्त्तिलाई राष्ट्रपति बनाउन नेताहरु लागि रहेका छन् ।

राष्ट्रपतिलाई कार्यकारी अधिकार छैन् । तर प्रधानमन्त्री तथा मन्पिरिषदले गरेका निर्णयलाई प्रभाव पार्न सक्ने अभ्यास भने यो भन्दा पहिला पटक पटक भएको छ । त्यसैले कार्यकारी अधिकार नभए पनि शिर्ष नेताहरु आफुअनुकुलको व्यतिmलाई सितल निवासमा विराजमान गरायर अबको पाँच वर्ष देशको राजनीतिलाई आफुअनुकु्ल बनाउने र देशको राजनीतिको केन्द्रमा आफुलाई राख्न चाहाने होडबाजिले राष्ट्रपतिको निर्वाचनमा खुलेआम राजनीति भइरहेको छ । जनताको छोरा छोरी राष्ट्रपति हुन पाउँने प्रावधानलाई टेकेर आफु अनुकुलको राष्ट्रपति बनाएर राष्ट्रपतिको संस्थालाई बदनाम गराउने यो राजनीति रोक्नु आवश्यक छ ।

त्यसैले देशको स्वतन्त्र र सर्वोच्चो निकाय राष्ट्रपति भवन सितल निवासमा स्वतन्त्र र सर्वमान्य व्यक्त्तिलाई पठाउन सवैले आफनो ठाउँबाट दवाद सिर्जना गर्न अहिलेको आवश्यकता हो । राष्ट्रपति निर्वाचनमा राजनीति हुने र राष्ट्रपतिले सितल निवास बाट राजनीति गर्ने हो भने भोलि आउने राष्ट्रपति पनि कुनै अमुख दलको नेता मात्र बन्ने निश्चित छ ।

प्रकाशित मिति : १३ फाल्गुन २०७९, शनिबार ००:००  ८ : २९ बजे